फाइल फोटो
एजेन्सी: दुबई प्रहरीले पहिलो पटक रोबटलाई प्रहरी अधिकारीको ड्यूटीमा खटाएको छ। उक्त रोबट प्रहरी अधिकारीलाई शहरको विभिन्न मल र पर्यटीकय स्थलमा लगायएको बीबीसीले जनाएको छ।
यसका साथै यो रोबटले तथ्याङक समेत जुटाउने काममा मद्दत गर्नेछ। जसलाई यातायात र ट्राफिक विभागलाई प्रदान गरेर सडकलाई सुरक्षित र भरपर्दो बनाउनमा मद्दत पुग्ने दुबइ प्रशासनको चाहना रहेको छ।
प्रशासनका अनुसार सन् २०३० सम्ममा दुबइमा २५ प्रतिशत प्रहरी अधिकारी काममा रोबटलाई भर्ना गरिने छ।तर रोबटले मानिसको ठाउँलाई भने विस्थापित नगर्ने दुबई पुलिस स्मार्ट सर्विसेज विभागका महानिदेशक ब्रिगेडियर खालिद अल रज़ूकीले दाबी गर्नु भएको छ।
Comments
Post a Comment