संविधानले आगामी आर्थिक वर्षका लागि नगर र गाउँ परिषदलाई योजना र कार्यक्रम बनाउने र त्यसैअनुसार बजेट खर्च गर्ने स्पष्ट अधिकार दिएको छ ।
तर, दोस्रो चरणको निर्वाचन रोकिए मुलुकका ४३ जिल्ला नगर र गाउँ परिषदविहीन हुने भएकाले बजेट खर्च नहुने अवस्था आएको नागरिकले लेखेको छ ।
संविधानले स्थानीय निकायलाई बजेट बनाउने र कार्यान्वयन गर्ने पूर्ण अधिकार दिएको छ । नगर र गाउँ परिषदले आगामी वर्षका लागि कुन कुन कार्यक्रम र योजना बनाउने, कति बजेट राख्ने र त्यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने व्यवस्था गर्ने कानुनी प्रावधान छ ।
Comments
Post a Comment