मध्यरातमा धादिङको सदरमुकाममा भीषण आगलागी


धादिङ :  धादिङको सदरमुकाम धादिङबेसीमा आगलागी हुँदा एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । नीलकण्ठ नगरपालिका-३ स्थित तल्लो बजारमा मध्यरातिमा आगलागी हुँदा स्थानीय शिव कुमार श्रेष्ठको घर जलेर नष्ट भएको छ । राति करिव एक बजेतिर विद्युत लाईन सट भई आगलागी भएको हुन सक्ने प्रहरीले बताएको छ ।
आगलागीका कारण घरमा राखिएको कस्मेटिक पसलमा भएको सबै सामान जलेर पूर्ण रुपमा नष्ट भएको छ । घरको वरीपरी भर्खरै बन्दै गरेको घर भएका कारण आगो धेरैतरि फैलिन नपाएकाले चाँडै नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दिपेन्द्र पन्जियारले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन ।
आगलागी पछि दमकलको सहायतामा स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी र रेडक्रसको संयुक्त प्रयासमा डेढ घण्टापछि आगलागी नियन्त्रणमा ल्याइएको थियो । समयमा नै आगो नियन्त्रणमा आएका कारण थप क्षति हुन पाएन ।

Comments