वैशाख २८, २०७४-
गत फेब्रुअरीमा बार्सिलोनामा पहिलो पटक खुलेको ‘रोबोट वेश्यालय’ले आफ्नो दोस्रो शाखा बेलायतमा खोल्ने योजना बनाएको छ । युरोपमा रोबोट वेश्यालय खोल्ने अभियानमा रहेको लुमिडल्सले बार्सिलोनामा आफ्नो शाखा खोल्दा स्थानीय यौनकर्मीहरूबाट चर्को विरोधको सामना गर्नुपरेको थियो, जसका कारण उक्त रोबोट वेश्यालयलाई गोप्य स्थानमा सारिएको छ । कुनै ग्राहकले सेवाका लागि रकम भुक्तानी गरेपछि मात्र उसलाई उक्त स्थानमा बोलाइन्छ ।
यसरी सेवा लिएबापत आधा घण्टाको करिब ९ हजार तथा एक घण्टाको ११ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यहाँ प्रयोगमा ल्याइएका यौनपुतली अरू यौन पुतलीको तुलनामा बढी कुराकानी गर्ने तथा विभिन्न भाव र आवाज निकाल्ने किसिमका छन् । यहाँ यौन सेवामा राखिएका पुतलीको न्यूनतम मूल्य करिब ६ लाख रुपैयाँ रहेको लुमिडल्सका प्रवक्ताले बताए ।
बारम्बार प्रयोगमा आउँदा यस्ता यौन पुतलीबाट यौन संक्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको प्रयोगअघि–पछि ब्याक्टेरिया मर्ने गरी सफाइ गर्ने गरिएको छ । यौनकर्मीसँग कुनै पनि किसिमको क्रियाकलाप गर्न हच्किने पुरुषहरूलाई यौन पुतली सबैभन्दा सजिलो माध्यम हुने हुँदा लुमिडल्सले बेलायतलगायत अन्य मुलुकमा पनि यसको फ्रेन्चाइज खोल्न चाहेको बताएको छ ।
प्रकाशित :वैशाख २८, २०७४
http://bit.ly/2r4Qs9O
Comments
Post a Comment