जम्मा १५ वटा हेयरस्टाइल


वैशाख २०, २०७४-  
रहस्यको देश उत्तर कोरियाका जे कुरा पनि आश्चर्यले भरिपूर्ण हुन्छन् । अहिले उत्तर कोरिया आणविक युद्धको प्रसंगलाई लिएर चर्चामा छ । फिनल्यान्डका एसिया संवाददाता मिखा माकेलेनेन रिपोर्टिङको सिलसिलामा हालसालै उत्तर कोरिया पुगे । उनले आफ्नो ट्विटरमार्फत उत्तर कोरियाको सामान्य तर बाँकी विश्वलाई अनौठो लाग्ने कुराहरू ट्विट गरिरहेका छन्, जसमा त्यहाँका पुरुष तथा महिलाले समान ढंगले आफ्नो हेयर स्टाइल १५–१५ किसिमले मात्र काट्न पाउँछन् भन्ने जानकारी दिने ट्विट अहिले सर्वाधिक चर्चामा छ ।
अझ त्यहाँ उत्तर कोरियाका नेता किम जोन उङको स्टाइल पुरुषले तथा उनकी श्रीमती रि सोल जुको स्टाइल महिलाले अपनाए राम्रो मानिने चलन छ । दिइएको निर्देशनभन्दा फरक हेयरस्टाइल बनाउनुपरे स्थानीय अधिकारीबाट स्वीकृति लिनुपर्छ, जुन विभिन्न कारणले झन्झटिलो छ ।
प्रकाशित :वैशाख २०, २०७४


http://bit.ly/2qkjOmP

Comments