वैशाख
२०, २०७४- सुन्दरताका विषयमा विश्व नै रंगभेदी छ । गोरो छाला हुनुलाई
सुन्दरको परिभाषाबाट हेर्ने दृष्टिकोण खास गरी अमेरिकी सोचबाट आएको आरोप
पनि लगाइन्छ । काला जातिकालाई मान्छे नै नठान्ने पश्चिमा सोच भारत,
नेपालजस्ता तेस्रो मुलुकसम्मै हाबी छ । छाला कालो हुनुलाई अभिशाप नै हो
जस्तो ठानिन्छ ।
अझ त्यसमा सौन्दर्य प्रसाधनका विज्ञापनको स्लोगन नै कालो हटाई गोरो छाला बनाउनेमा केन्द्रित हुने गर्छ । यसले कालो हुनुको हीनभावना पाल्नेलाई गोरो हुनु लालायित पार्ने गर्छ ।
प्रियंका चोपडा थोरै काला बलिउड नायिकामध्येकी एक हुन् । उनी स्वयं रंगभेदी व्यवहारकी विरोधी हुन् । यसबारे उनले हालै आफ्नो धारणा सार्वजनिक गरेकी छन्, ‘यदि तपाईं गोरो छालाको हुनुहुन्छ भने स्वत: सुन्दर ठानिनुहुन्छ । तर त्यही कुरा कालो छाला भएकाका लागि कस्तो अनुभूति हुन्छ भन्ने ख्याल गर्नु भएको छ ?’ उनले आफ्नै प्रश्नको उत्तरमा भनेकी छन्, ‘कालो छाला भएका अधिकांश युवतीले बारम्बार सुन्नुपर्ने कुरा भनेको ‘ओहो, कस्ती काली है’ भन्ने हो । यस्तो सुन्दा सुन्नेलाई कति नराम्रो लाग्छ होला ?’
प्रियंका सौन्दर्य प्रसाधनको विज्ञापनप्रति पनि रुष्ट छिन् । ‘यो क्रिम प्रयोग गर्नुस्, तपार्इंको छाला एक हप्ताभित्र सेतो हुन थाल्नेछ भन्ने खालका विज्ञापन हेरेरै मैले पनि सानो छँदा त्यस्तै सामान प्रयोग गर्थें,’ उनले भनेकी छन्, ‘पछि जब म फिल्ममा छिरें, सुरुवाती दिनमा आफैंले पनि त्यस्ता क्रिमका विज्ञापन खेलें, म आफैं पनि काली भएकीले गोरो हुन चाहने पीडित युवती बनेर देखिएँ । पछि जब आफैंले आफ्नो विज्ञापन हेरें, लाग्यो— थुक्क, मैले यो के गरें ? त्यसपछि भने मैले आफूजस्ती देखिन्छु, त्यस्तैमा गर्व गर्न थालें । वास्तवमा अचेल त मलाई मेरो स्किन टोन नै सबैभन्दा मन पर्छ ।’
प्रियंका १५ वर्षकी छँदादेखि आफ्नो शरीरको रोगनप्रति सचेत थिइन् रे । भनेकी छन्, ‘त्यो बेला मलाई एकदम इगो थियो । १५ वर्षअघि नै पनि यस्ता इस्युबारे आफूप्रति ठूलो विश्वास थियो । मेरो छालाको रंगप्रति म एकदमै सचेत थिएँ ।’

Comments
Post a Comment