पौडीका पारखीहरू राजधानीका अधिकांश
स्विमिङ पुल गुणस्तरीय नभएको गुनासो गर्छन् । दीपक श्रेष्ठले क्लोरिनको
मात्रा नमिलेको पानीले छाला कालो बनाएको अनुभव सुनाए । शनिबारको दिन
स्विमिङ पुलहरूमा अत्यधिक भीड लाग्छ । सर्वसाधारणको भीड लाग्ने स्विमिङ पुल
आइतबार जानलायक हुँदैन ।
स्विमिङ पुलहरूले प्रायः क्षमताभन्दा बढी
मान्छे लिन्छन् । मन्दु बज्राचार्यको अनुभव पनि त्यस्तै छ । स्विमिङ गर्दा
प्रायः आँखा पोल्ने, कपाल बिग्रने हुन्छ । क्लोरिनको मात्रा नमिलेको पानी
मुखमा पर्ला कि भनेर डराउँदै पौडिनुपर्ने हुन्छ । कतिपय स्विमिङ पुलमा त
कुनाकाप्चामा लामखुट्टेको गोलै भेटिन्छ । बेलुका जाँदा त पुलमा पानीको रङ
नै अर्कै देखिने मन्दु बताउँछिन् । क्षमताभन्दा बढी मान्छे लिने भएकाले
पौडिँदा एकअर्कासँग ठोक्किएर हैरान हुनुपर्छ ।
पौडिँदा एउटाको हातखुट्टाले अर्कोलाई
लाग्ने हुन्छ । मन्दु भन्छिन्, ‘छुुट्टीको दिनमा त जानै नसकिने हुन्छ ।’
धेरैजसो स्विमिङ पुलले सेवा प्रदान गर्नुभन्दा पैसा कमाउनतिर बढी ध्यान
दिइरहेको अनुभव पौडी पारखीहरूको छ । पौडी मन परेपछि यस्तो कुरालाई सहेर भए
पनि जाने गरेको मन्दु बताउँछिन् । पुल सञ्चालकहरूले पानीको गुणस्तरमा ध्यान
नदिँदा पौडी खेल्नेहरूको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । क्लोरिन र
पानीको मात्रा सही भएन भने यो क्यान्सरको कारक पनि बन्नसक्छ । पौडीपारखीहरू
आफैं पनि अलि सजग हुन जरुरी छ ।
Comments
Post a Comment