स्याम्पु पखालेपछि कन्डीसनर लगाउने । यसलाई कपालको जरामा लगाउनुहुँदैन । कन्डीसनरलाई कपालमा करिव सात मिनेट जति राखेपछि पखाल्ने । कपालको पुसेर पानी झर्न रोकिएपछि त्यसमा राम्रो ब्रान्डको हेयर सेरम लगाउने । साताको एक पटक हेयर ट्रिटमेन्ट गरे राम्रो हुन्छ । सकेसम्म बाहिर निस्कँदा कपाल खुल्ला नछोड्ने । १५ दिनमा एक पटक हेयर प्याक लगाउनु राम्रो हुन्छ । कपाल अनुसार हेयर प्याक पनि छुट्टै हुन्छ ।
साधारणतया कपाल तीन प्रकारको हुन्छ ।
१) साधारण कपाल
२) चिल्लो कपाल
३) सुख्खा कपाल
यी तीन किसिमका कपालमा लगाउने हेयर प्याक यस प्रकार रहेका छन् ।
सुख्खा कपालको लागि हेयर प्याक
एक कप दही, एक ठूलो चम्चा ओलिभ आयल, दुई वटा अण्डा, एक कप मेहेन्दी, एक ठूलो चम्चा सिकाकाई, अमला, मेथि र अदुवाको धुलोलाई मिसाएर कपालको जरादेखि टुप्पासम्म लगाउने र ३० मिनेटपछि नुहाउने ।
चिल्लो कपालको लागि हेयर प्याक
एक कप मेहेन्दी, एक ठूलो चम्चा अमला पाउडर, एक चम्चा कपुर, एक चम्चा नीम पाउडर, एक चम्चा सुन्तलाको बोक्राको पाउडर, एक चम्चा मेथी पाउडर, दुई वटा अण्डा, एक चम्चा कागतीको रस र आधा कप चिल्लो नभएको दहीलाई मिसाएर पेष्ट बनाउने र कपालमा लगाई ३० मिनेट राखि स्याम्पु गर्ने।
साधारण कपालको लागि हेयर प्याक
एक कप मेहेन्दी, एक ठूलो चम्चा अमला, एक ठूलो चम्चा सिकाकाई, एक सानो चम्चा कपुरलाई लिएर मनतातो पानी हालेर राम्रोसँग घोलेको पेस्टलाई फलामको भाँडामा रातभरि भिजाउने र भोलिपल्ट कपालमा लगाउने । दुई तीन घण्टासम्म राखेर त्यसलाई स्याम्पु गर्ने ।
-क्पाल अनुसार माथिको प्रक्रिया अपनायौं भने कपाललाई घामबाट जोगाउन सकिन्छ । यसो गर्नाले कपाल चाँडै बढ्नुको साथै झर्नबाट पनि रोकी स्वस्थ र सुन्दर देखिन्छ ।
(सिता कपन चौकीस्थित युनिका ब्युटि पार्लरकी ब्यूटिसियन हुन् ।)
Comments
Post a Comment