कोरियामा शान्तिदिप महोत्सव

कोरिया :  कोरियामा २५२१ औं बुद्धजयन्तीको अवसरमा शान्ति दिप महोत्सव आयोजना गरिएको छ । गौतम बुद्वको जन्मस्थलको भ्रम चिर्न र धार्मिक पर्यटन प्रचारमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा बुद्ध अनुयायी रहेका मुलुकको सहभागितामा शान्ति दिप, बुद्धका प्रतिमा सहितको झाँकी र पदयात्रा गरिएको थियो । कोरियामा विभिन्न बौद्ध समुदाय र श्रीलंका, नेपाल, म्यान्मार, कम्बोडिया, थाइल्याण्ड लयागतले आफ्ना मुलुकमा रहेका धार्मिक पर्यटन क्षेत्र चिनारी दिने खालको प्रचार सामाग्री र बुद्धको प्रतिमाका स्टल राखेका थिए ।
शान्ति दिप महोत्सवमा विदेशी सहित लाखौको सहभागिता रहेको थियो । झाँकी, नृत्य र बुद्धको प्रतिमा बोकेकालाई सडक किनारमा बसेकाले भव्य स्वागत गरेका थिए । बुद्ध जयन्ती आउन केहि दिन बाँकी रहदाँ हरेक वर्ष साप्ताहिक बिदा अर्थात शनिवार र आइतबार आयोजना गरिने लोटस लाल्टिन फेस्टिवल अर्थात शान्ति दिपको पदयात्रा गरिएको हो ।
राजधानी सोलस्थित दोङदेमून हिष्ट्री एण्ड कल्चर पार्कबाट सुरु भएर झण्डै तीन किलोमिटर टाढा रहेको छोङगाकस्थित जोगेशा गुम्बामा गएर समापन हुन्छ । शान्ति दिप महोत्सवको दोश्रो दिन छोङगाकस्थित जोगेशा गुम्बा परिसरमा बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेका मुलुकले आफ्नो देशमा रहेका बौद्ध धार्मिक पर्यटन क्षेत्र र व्यापकमात्रामा पर्यटन प्रचारका सामाग्री राखेका थिए । उनिहरुले आफ्नो स्टलमा पर्यटकलाई आर्कषण झाँकि र नृत्य गरिरहेका थिए । महोत्सवलाई आफ्नो धार्मिक पर्यटन प्रचारका लागि उनिहरुले उच्चतम सदुपयोग गरेका थिए ।
तर बुद्धको जन्मस्थल रहेको नेपालले त्यस्तो कार्य र धार्मिक पर्यटन प्रचार सामाग्री राखेको भेटिएन । केवल व्यावसायिक उद्धेश्यले राखिएका धार्मिक माला, टिसर्ट, थान्का, व्याग लगायतका सामाग्री राखिएका थिए । बौद्ध परिवारले स्टलमा नेपालमा बुद्ध जन्मिएको सन्देश दिने व्यानर, स्वयम्भुको प्रतिमा पनि राखेका थिए ।

Comments