वैशाख
२२, २०७४- राजधानी बागबजारस्थित श्याम एन्ड श्यामका सञ्चालक श्याम बिहीबार
मध्याहन पसल बाहिर कपडा काटेर सिलाइएको कांग्रेसको झन्डामा धागो काटिरहेका
थिए । ‘यसमा अझै चार तारेको प्रिन्ट गर्न बाँकी छ । अर्डर धेरै थियो, लिन
आउने बेला भइसक्यो,’ उनले भने ।
हामीसँग कुरा गरिरहेकै बेला अपरिचित व्यक्तिको फोन आयो । फोनमा एक हजार थान टिसर्ट र चार हजार थान झन्डाको माग गरे । उनी फोनमा भन्दै थिए, ‘आजको आजै त दिन सकिँदैन । दुई–तीन दिन पर्खनुस् ।’ फोन गर्ने व्यक्तिले चाँडै बनाउन हतारो गरिरहेका थिए । तर, श्यामले बनाए बनाओस्, नबनाए नबनाओस् जस्तै गरिरहेका थिए । पछिल्लो दुई महिनामा ३० हजार थानभन्दा बढी झन्डा र १० हजार थान टिसर्ट बिक्री गरिसके । एउटा झन्डाको सरदर ५० रुपैयाँ र टिसर्टको दुई सय राख्दा उनले पछिल्लो दुई महिनामा ३५ लाखभन्दा बढी कारोबार गरिसके । बिक्री भएको झन्डा र टिसर्टमध्ये ५ प्रतिशत जति अरू पार्टीको भए पनि अरू सबै एमाले र कांग्रेसको झन्डा बिकेको उनले बताए ।
कांग्रेसको रूखको चिहन भएको १२ बाई १८ साइजको झन्डाको ३० रुपैयाँ र ३० बाई २० को ७५ रुपैयाँ लिने गरेका छन् । टिसर्टको दुई सय रुपैयाँ लिने गरेका छन् । ‘बजारमा टिसर्ट पाइरहेको छैन,’ उनले भने, ‘अर्डर लिएको तीन दिनमा तयार गर्दै दिइरहेको छु ।’ दैनिक कम्तीमा एक हजार थान झन्डा बिक्री भइरहेको उनले बताए । तर अचेल उनलाई खाना खाने र सुत्ने समय निश्चित छैन । बागबजारका यस्ता काम गर्ने उनी पुराना व्यवसायी हुन् । यो पेसा गरेकै ५० वर्ष भइसकेको उनले बताए ।
बागबजारकै कामना आर्टका सञ्चालक नरेश चौधरी र उनका सात कामदार दैनिक तीन घण्टाभन्दा सुत्दैनन् । उनको पसलमा ५० वटा झन्डा पनि तत्काल पाउन गाह्रो छ । बूढानीलकण्ठका राजु खडका दुई सय टिसर्ट र ५० वटा झन्डा खोज्दै बागबजार पुगेका थिए । बजारमा नपाएपछि अर्डर गरेर फर्किए । पाँच सय झन्डाको अर्डर आउँदा तयार गर्न तीन दिन लाग्ने चौधरीले बताए । ‘धेरैको अर्डर क्यूमा छ,’ उनले भने । शुक्रबारसम्म माओवादीको ६ हजार झन्डा तयार गर्नु छ । तीन हजार मुगुबाट र ३ हजार सिन्धुपाल्चोकबाट अर्डर आएको उनले बताए । एमालेको टिसर्ट र कांग्रेसको झन्डाको अर्डर पनि उत्तिकै छ । ‘खाने र सुत्ने त ठेगान छैन,’ उनले भने, ‘सिजन यही हो । अरू बेला गर्छु भनेर पनि पाइँदैन ।’ अरू पसलमा सिलाइ गर्न एकातिर, प्रिन्ट गर्न अर्कैतिर लैजानुपर्छ । उनको पसलमा सिलाइ गर्ने, प्रिन्ट गर्नेदेखि सबै सुविधा छ । पछिल्लो दुई महिनामा ३० हजार झन्डाको १७ लाखभन्दा बढी लिइसके । जति बिक्री भयो त्यसको ७५ प्रतिशत अर्थात् १२ लाख ७५ हजार खुद नाफा कमाइसके । बजारमा झन्डा बनाउने कपडा अभाव हुन थालेपछि उनले बुधबार ८० हजारको सेतो र रातो कपडा ल्याए । ८० हजारमा किनेको कपडाबाट चार लाख रुपैयाँ कमाउने सपना देखेका छन् । ‘सपना होइन, साँच्चिकै कमाउँछु २० रुपैयाँ खर्च गरेर ७० रुपैयाँ आउँछ,’ उनले भने, ‘अनि कमाउदिनँ त ।’ यस वर्ष कांग्रेस र एमालेको झन्डा धेरै बिक्री भएको उनले बताए ।
मूल सडकको सटरमा ग्राहक तान्न ठूला पार्टीका झन्डा बनाएर लहरै राखिएका छन् । ती पसलले अर्डर लिन्छन् । भित्री अँध्यारो गल्लीमा प्रिन्ट र सिलाइ गरिरहेका भेटिन्छन् । कतिपय पसलमा उभिने बित्तिकै कुन पार्टीको कति झन्डा चाहियो भन्दै तान्न खोज्छन् । विगतको जस्तो क्याप, झोला छापिदिन आग्रह गरे पनि सम्भव नभएको भन्दै व्यापारीहरू पन्छिने गरेका छन् । अर्डर गरेको झन्डा र टिसर्ट लिन कुरेर बस्ने कार्यकर्ता पसलमा प्रशस्तै भेटिन्छन् । बार्गेनिङ गरेर मूल्य घटाउनेभन्दा चाँडो सामान चाहियो भनिरहेका कार्यकर्ता पनि भेटिए । एमालेको झन्डा प्रिन्ट गरिरहेका सेतीदेवी प्रिन्टका सञ्चालक लक्ष्मण राईले अर्डर लिन नसक्ने भनेर फर्काएपछि भनसुन गर्ने पनि हुने उनले बताए । ‘मूल्यको त कुरै छैन । काम गर्न भ्याइँदैन भन्यो भने आफन्त पत्ता लगाएर फोन गर्न लगाउँछन्,’ उनले भने, ‘२४ सै घण्टा काम गर्दा पनि भनेको समयमा दिन भ्याइनभ्याई हुन्छ ।’ पछिल्लो समय २० हजारभन्दा बढी झन्डामा प्रिन्ट गरिसकेको उनले बताए । उनी एउटा झन्डामा प्रिन्ट गरेको १० रुपैयाँ लिन्छन् । बिहीबार उनी कांग्रेसको दुई हजार टिसर्ट र एमालेको पाँच सय झन्डा तयारी गर्ने चटारोमा थिए ।
व्यापारी नरेन्द्र खड्काले कपडा नै अभाव रहेको बताए । उनले पनि यसपालि कम्तीमा २० हजार झन्डा बिक्री गरिसके । जसमा एमाले र कांग्रेसकै झन्डा बढी थिए । कुनै पार्टीको पाँच सय झन्डा किन्न आउने ग्राहकलाई तत्काल दिन सक्ने अवस्थामा नरहेको उनले बताए । ‘स्टक माल छैन, अर्डर लिन्छौं । बनाएर दिने गरेका छौं,’ उनले भने । बागबजार चोकदेखि पुतलीसडक चोकसम्म २० भन्दा बढी यस्ता पसल छन् । एउटा पसलमा सरदर २० हजार मात्रै झन्डै बिक्री भए पनि अहिलेसम्म ४ लाख झन्डा बिक्री भइसके । एउटा झन्डाको सरदर ५० रुपैयाँ मूल्य राख्दा दुई करोडभन्दा बढीको झन्डा बिक्री भइसकेको अनुमान छ । टिसर्टको मूल्य त यसमा समावेश गरिएको छैन ।

Comments
Post a Comment