एलिशा ‘मिस राई’

वैशाख २१, २०७४- ‘मिस राई–२०१७’ को उपाधि एलिशा राईले जितेकी छन् । ११ प्रतियोगीलाई उछिन्दै ‘बेस्ट फ्रेन्डसिप’ सहित एलिसा अब्बल बनेकी हुन् ।
पाँचौं संस्करणकी विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटर पाइन् । इशारा राई फस्ट रनरअप र अस्मिता राईले सेकेन्ड रनरअप बने । थर्ड रनरअप बनिन् रोजी राई ।
प्रतियोगितामा मिस टयालेन्ट शर्मिला राई, बेस्ट फोटोजेनिक र भ्युअर च्वाइज अवार्ड रजनी राई, मोस्ट पंक्चुआलिटी कमला राई, बेस्ट डिसिप्लिन संगीता राई, बेस्ट कल्चर र बेस्ट ड्रेस प्रतिमा राई, बेस्ट हेयर रेश्मा राई, बेस्ट फिगर रोजी राई, बेस्ट पर्सनालिटी इशारा राई र मिस पपुलर सम्झना राई बने ।
निर्णायकमा कोरियोग्राफर रेनेशा राई, गायिका पार्वती राई, गायक अशोक मुकारुङ लगायत थिए । किरात राई मौलिक कला संस्कृति केन्द्रद्वारा आयोजित प्रतियोगिताको कोरियोग्राफी किरात बिन्द्रले गरेका थिए । प्रतियोगितालाई सीटीभी मोबाइलले सहकार्य गरेको थियो । 

Comments