एजेन्सी : भारतीय
सुरक्षा बलले बिहीबार भारत प्रशासित जम्मु कश्मीरका शोपिया र पुलवामा
जिल्लामा भीषण सैन्य अपरेसन सुरु गरेको छ । आतंकवादीको विरोधमा सैन्य
अपरेसन गर्न सेनाले शोपिया जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ खाली गराएको
पनि जानकारी दिएको छ । ती गाउँमा व्यापक रूपमा खोजी अभियान सुरु गरिएको छ ।
यस क्षेत्रमा गत वर्ष सुरक्षाकर्मीसँगको
मुठभेडमा हिजबुल मुजाहिद्दिनका कमान्डर बुरहान वानी के मारिएका थिए । उनी
मारिएपछि जम्मु कश्मीरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले
सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै आएका छन् । सरकारले लामो समयदेखि कफ्र्यु
लगाउँदै आएको छ । निरन्तरको अशान्तिपछि सशक्त रूपमा विद्रोहीविरुद्ध
अपरेसन सुरु गरिएको हो । शोपियामा आतंकवादीहरू खुलेआम घुमिरहेका भिडियो
सार्वजनिक भएपछि सुरक्षाबल आक्रामक भएको हो । यस अपरेसनमा सेना, अर्धसैनिक
बल र जम्मु कश्मीर प्रहरीका तीन हजार जवान सहभागी छन् ।
बुधवार राति अबेर पनि विद्रोहीले अदालतको
सुरक्षामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण गरी ५ वटा राइफल लुटेका थिए ।
विद्रोहीले बुधवार नै पुलवामामा २ वटा बैंकमा डकैती गरेका थिए । पुलवामाका
एसपी रइस मुहम्मद भाटले प्रारम्भिक जाँचअनुसार बैंक डकैतीमा आतंकी संगठन
लस्कर-ए-तैयबाको हात रहेको छ । नीहरूले मे १ तारिखमा कुलगाममा पनि बैंक
लुटेका थिए । त्यस घटनामा ५ सुरक्षाकर्मी र २ जना बैंक कर्मचारीको ज्यान
गएको थियो ।
Comments
Post a Comment