हलिउड रियालिटी स्टार किम कार्दासियनले
सामाजिक सञ्जालमा इन्टाग्राममा एक लाख फलोअर्स गुुमाएकी छन् । किमका फ्यान
रिसाएर उनलाई अनफलो गरेका हुुन् । बेलाबेलामा अचम्मको क्रियाकलापका कारण
विवादास्पद बन्दै आएकी ३६ वर्षीया किमलाई कन्ट्रोभर्सी क्विनको रूपमा
हेरिँदै आएको छ ।
शुुक्रबार एकैदिनमा उनले यति धेरै फ्यान
गुुमाएकी हुुन् । उनीविरुद्ध फ्यान खनिनुुको कारण अश्लील र पूरै फोटोसपबाट
मिलाइएको तस्बिर हो । उनले ती तस्बिरहरू हवाईमा लिएकी थिइन् । ती तस्बिरहरू
केही पापाराजीले सार्वजनिक गरेका थिए । इन्टाग्राममा मात्रै एक लाख फ्यान
गुुमाएको कुुरा डेली मेलले उल्लेख गरेको छ । डेली मेल भन्छ, ‘केही फ्यानले
कमेन्ट लेख्दै भनेका छन् तिम्रो शरीर पुरै नक्कलीजस्तो देखिन्छ ।
’तर जे जस्तो भए पनि किम सबैभन्दा धेरै
फलोअर्स भएकी पाँचौं सेलिब्रेटीमा पर्छिन् । उनको यो साइटमा ९८.७ मिलियन
फ्यान छन्। र्यापर कान्वे वेस्टसँग विवाह गरेर पाँच वर्षको छोरो
हुुर्काउँदै गरेकी उनको केही समय पहिला सम्बन्ध बिग्रन लागेको हल्ला चलेको
थियो । केही महिना पहिलामात्रै पेरिसमा लुुटेराहरूद्वारा लुटिएको समाचारले
उनी थप चर्चामा थिइन्।
तर उनका यी सबै हर्कतहरू पब्लिसिटीका लागि गरिएको आरोप पनि लाग्ने गरेका छन् ।
Comments
Post a Comment