भूकम्पमा ज्यान गएकाहरुको सम्झनामा दीप प्रज्वलन

भूकम्पमा ज्यान गएकाहरुको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)

Islington College

बर्दिबास: शक्तिशाली भूकम्पमा २ बर्ष अघि आजैको दिन बैशाख १२ गते हजारौंले ज्यान गुमाएको सम्झनामा महोत्तरीको बर्दिबासमा स्थानीयहरुले मंगलबार साँझ दीप प्रज्वलन गरेका छन्।
बर्दिबासको सिन्धुली रोडको तीन कुने पार्क नजिकैको सडकमा नेपालको झन्डा र धरहराको रंगिबिगी रंगले चित्र बनाएर त्यसको वरीपरी मेनवत्ति बालेर दिप प्रज्वलन गरेका हुन्।

बर्दिबासका स्थानीय युवा, व्यवसायी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधीहरु दिप प्रज्वलनमा सहभागि भएको कार्यक्रममा सहभागि निरज अधिकारीले बताउनुभयो।

भूकम्प गएको बेला बर्दिबाससहित तराईका जिल्लाबाट राहत लिएर पहाडी जिल्लाहरुमा वितरण गरिएको बर्दिबास उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लाद क्षेत्रीले रात वितरणको क्षण समझिनुभयो।

शोकलाई शक्तिमा परिणत गरेर पूनःनिर्माण सबै जुटनु पर्ने दिपप्रज्वलन कार्यक्रमको सन्देश रहेको युवा गुणहरी घिमिरेले बताउनुभयो ।

Comments