वैशाख १४, २०७४-
नेपालमा पुसको दोस्रो सातादेखि विधिवत् रूपमा प्रारम्भ भएको चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) बजारमा उपलब्ध सबै स्र्माटफोनमा नचल्ने समस्या भएपछि इन्टरनेट प्रयोगकर्ताहरू अन्योलमा देखिएका थिए । नेपाल टेलिकमले उपलब्ध गराएको सिममार्फत सेवा लिन पाइने फोरजीका लागि एनड्रोइड सेट अनिवार्य भए पनि सबै सेटमा त्यस्तो सुविधा हुँदैन । युनिभर्सल सिमकार्ड (युसिम) मार्फत चलाउन सकिने फोरजीका लागि नेपाली बजारमा उपलब्ध सिमित स्मार्टफोनबाट मात्र सेवा लिन सकिन्छ । कतिपय आफूसँग भएको उत्कृष्ट सेटमा पनि फोरजी सेवा सपोर्ट नगरेपछि दिक्क छन् । यही समस्यालाई मध्यनजर गर्दै बजारमा फोरजी चल्ने स्मार्टफोनले राम्रो बजार लिइरहेका छन् । चल्तीका ब्रान्डमा पनि फोरजी नचल्ने भएपछि विभिन्न कम्पनीले ‘फोरजी चल्ने’ सेटका रूपमा आफ्नो ब्रान्डको प्रचार गरिरहेका छन् ।
सामसुङ
नेपाली प्रयोगकर्ताले प्रयोग गरिरहेको सामसुङका सबै स्मार्टफोनमा फोरजी नचलेपछि कम्पनीले आफ्नो ब्रान्डको व्यापक प्रचार गरिरहेको छ । सामसुङले आफूसँग रहेका करिब १४ मोडलका सेटमा फोरजी चल्ने जनाएको छ । २०१६ का धेरैजसो एडिसनमा यो सेवा चल्ने बताइन्छ । त्यसमध्ये सामसुङ ए फाइभ, ए सेभेन, जे थ्री, जे सेभेन, जे फाइभ, एस सिक्स फ्ल्याट, एस सिक्स फ्ल्याट, एस सिक्स एज, जे टु, जे फाएभ प्राइम, जे सेभेन प्राइम, जे म्याक्स ट्याब, नोट फाइभ, एस सेभेन एज आदि प्रमुख छन् । त्यसबाहेक २०१७ मा नेपाल भित्रिने अधिकांश मोडलमा यो सेवा सपोर्ट गर्ने कम्पनीको दाबी छ ।
वान प्लस
नेपाली बजारमा भर्खरै मात्र प्रवेश गरेको वान प्लस कम्पनीका सीमित मोडलमा मात्र फोरजी सपोर्ट हुन्छ, जसमध्ये वान प्लस एक्स, वान प्लस वान, वान प्लस टु, वान प्लस थ्री आदि छन् ।
एप्पल
तुलनात्मक रूपमा केही महँगो मानिएको एप्पलका स्मार्टफोनमध्ये धेरैले फोरजी सपोर्ट गर्न सकेका छैनन् । नयाँ केही मोडलमा उक्त सुविधा जोडिएको छ भने पुराना केहीमा सपोर्ट हुने कम्पनीले जनाएको छ, जसमध्ये आईफोन फाइभ एस, आईफोन सिक्स, सिक्स प्लस, आइप्याड मिनी फोर, आईफोन एसइ, आईफोन फाइभ, आईफोन एयर टु, आइप्याड प्रो, आईफोन सेभेन तथा सेभेन प्लसमा फोरजी सपोर्ट हुने कम्पनीले बताएको छ ।
ओप्पो
नेपाली बजारमा स्थापित हुँदै गएको ओप्पोका केही मोडलमा फोरजी सपोर्ट गर्ने कम्पनीले जनाएको छ । हाल नेपाली बजारमा उपलब्ध एफ–१ एस, ए–३७ तथा नियो–७ मा फोरजी सपोर्ट हुन्छ । त्यसबाहेक २०१७ मा आउने नयाँ मोडलहरूमा पनि फोरजी सपोर्ट हुने बताइएको छ ।
हुवावे
हुवावेले यसअघि भित्र्याएका कुनै पनि स्मार्टफोनमा फोरजी चल्दैन । यद्यपि हाल बजारमा रहेका जीआर थ्री, अनर फार एक्स, वाइ ६ प्रो, वाई सिक्स सीडीएमए, जीआर फाइभ, जीआर फाइभ मिनी, जी सेभेन प्लस, पी नाइन, पी एट लाइट, मेट एट, जीआर फाइभ आदि सेटमा फोरजी सपोर्ट गर्ने विक्रेताहरूले जनाएका छन् ।
जियोनी
फोरजी सेवा सुरु भए पनि प्रयोगकर्ताले जियोनीका स्मार्टफोनमा यो सुविधा उपभोग गर्न सकेनन्, त्यसैले फोरजीलाई केन्द्रीत गरेर जियोनीले एस सिक्स एस, एस सिक्स प्रो, एम प्लस फाइभ, एम फाइभ लाइट आदि सेट उपलब्ध गराएको छ ।
जेडटीई
चिनियाँ कम्पनी जेडटीआईले नेपालमा विक्री गरिरहेको स्मार्टफोनमध्ये ब्लेड एस सिक्स, ब्लेड एस सेभन, ब्लेड एल फाइभ, ब्लेड डी थ्री, ब्लेड डी टु तथा ब्लेड एल फाइभ प्लसले फोरजी सपोर्ट गर्ने बताइन्छ ।
साओमी
चिनियाँ कम्पनी साओमीले पनि फोरजी सपोर्ट गर्ने स्मार्टफोन उत्पादन गरिरहेको छ । हाल नेपाली बजारमा रहेका रेडमी नोट फोर, मि म्याक्स, रेडमी टु, रेडमी प्रो टु, रेडमी नोट टु, रेडमी नोट थ्री, एमआइ फाइभ, रेडमी थ्री प्रो, रेडमी थ्री एस आदिमा यो सेवा सपोर्ट हुने कम्पनीले जनाएको छ ।
एचटीसी
ताइवानी कम्पनी एचटीसीले सिमित मोडलका स्मार्टफोन नेपाल भित्र्याएको छ, जसमध्ये डिजाएर–८३०, डिजाएर–६२७, डिजाएर–७२८, डिजाएर–६३०, डिजाएर–६२८ ले मात्र फोरजी सपोर्ट गर्छन् ।
लेनेभो
लेनेभो मोबाइल विजनेस ग्रुपले नेपाली बजारमा बिक्री गरिरहेको स्मार्टफोनमध्ये के फाइभ नोट, भाइब के फाइभ, ए २०१०, भाइब सी, भाइब पी१एम, मे थ्री नोट, के फोर नोटमा यो सेवा सपोर्ट गर्ने कम्पनीको दावी छ ।
माइक्रोम्याक्स
भारतको उत्कृष्ट स्मार्टफोन कम्पनी माइक्रोम्याक्सले मध्यमस्तरीय उपभोक्तालाई केन्द्रीत गरी सस्तो मूल्यका फोन बजारमा उपलब्ध गराउँदै आएको छ, जसमध्ये केही मोडलमा मात्र फोरजी सेवा उपलब्ध छ । कम्पनीले युनीकर्नको वाईयूदेखि क्यू ४१३, क्यू ४६५, क्यू ४६२, प्लस ई ४५१, ई ४८१, ई ४८५, माइक्रोम्याक्स क्यानभास ६ आदिमा यो सुविधा दिएको छ ।
प्रकाशित :वैशाख १४, २०७४
Comments
Post a Comment