सोमवार, बैशाख ११, २०७४ 8271 पटक पढिएको
नयाँ दिल्ली: भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी कम्तीमा ११ सैनिकको मृत्यु भएको यहाँको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । घटनामा परी सात सैनिक घाइते भएका छन्।
सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११ सैनिक जवानले धराप विस्फोटमा साहदत प्राप्त गरेका छन् भने सात जना घाइते भएका छन्। छत्तिसगढ राज्यको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई बताउनुभयो।
उहाँका अनुसार बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको सैनिक समूहलाई लक्षित गरी विस्फोट गराइएको थियो। सेनाको उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो। घटनामा घाइते सबैलाई हेलिकोप्टरबाट उपचारका लागि नजिकैको अस्पतालमा पुर्याइएको थियो। रासस/सिन्ह्वा
Comments
Post a Comment