वैशाख १४, २०७४-
अस्ट्रेलियाको ब्रिसवन निवासी २३ वर्षीया समर म्याकलेर्नीले शरीरमा खोपाएको टाटु आफ्नो कलात्मकताका कारण सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । न्युजिल्यान्डका टाटु आर्टिष्ट कोइन मिचेलले पाखुरामा पहिलो पटक बनाएको टाटुबाट राम्रो प्रतिक्रिया पाएपछि समरले आफ्नो शरीरका अन्य भागमा त्यस्तै कलात्मक टाटु बनाउने क्रम बढाउँदै लगेकी छिन् । टाटुकै लागि अस्ट्रेलियाबाट न्युजिल्यान्ड जाने समरले आफ्नो शरीरमा टाटु बनाउँदा १ सय २७ घण्टा सियोको घोचाइ सहेकी छिन् भने १६ लाख रुपैयाँ पनि खर्च गरिसकेकी छिन् ।
प्रकाशित :वैशाख १४, २०७४
Comments
Post a Comment