अन्तर्राष्ट्रिय मोडलिङमा अनिता



वैशाख १3, २०७४-
नेपाली मोडल अनिता लिम्बूले अन्तर्राष्ट्रिय मोडलिङमा चर्चा पाउन थालेकी छिन् । लन्डनमा आयोजना हुने र्‍याम्प शोहरूमा सहभागी हुँदै आएकी ५ फिट ७ इन्च अग्ली अनिताले थुप्रै उपाधिसमेत जितिसकेकी छिन् । ताप्लेजुङमा जन्मिएर इटहरी हुँदै हाल लन्डन पुगेकी अनिता नृत्यमा पनि अब्बल छिन् । एक अफ्रिकन गायकको म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी अनिताले मिस स्पार्कलिङ ब्युटी शो, युके तथा स्वीडेनमा फस्ट रनर्सअपको उपाधि जित्नुका साथै ‘अक्सफोर्ड फेसन विक’को दसौं सिजनमा सहभागिता जनाइसकेकी छिन् । लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’मा प्रस्तुति दिइसकेकी लिम्बूले बुटिकहरूका लागि ‘कमर्सियल फोटोसुट’ समेत गराउँदै आएकी छिन् । हालै नेपाल आएका बेला उनले प्रीति आलेको स्वरको ‘मन त नेपाली हो’ गीतको भिडियोमा सोलो नृत्य प्रस्तुत गरिन् ।


प्रकाशित :वैशाख १3, २०७४

Comments