रोनाल्डो पोर्चुगलको वर्ष खेलाडी घोषित

काठमाडौंः स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो पोर्चुगलको वर्ष खेलाडी घोषित भएका छन्।रोनाल्डो पोर्चुगलको वर्ष खेलाडी घोषित
गएराति लिस्वनमा आयोजित अवार्ड वितरण समारोहमा पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्। अवार्ड जित्ने क्रममा उनले पेपे र गोल रुइ पेट्रिसियोलाई पछि पारे।
गत वर्ष क्रिष्टियानो रोनाल्डोकै कप्तानीमा पोर्चुगलले पहिलो पटक युरो कप फुटबलको उपाधि उचालेको थियो। रोनाल्डोले योसहित अन्य दुई अवार्ड पनि हात पारेका छन्। गत वर्ष रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका रोनाल्डोले फिफा वर्ष खेलाडी र बेलोन डिअरको अवार्ड जितेका थिए।

Comments