मधेसी मोर्चाका ६ दलले केन्द्रमा दल दर्ता गरेनन्, क-कसले चुनावमा भाग लिन पाउँछन् ? (सूचीसहित)

१९ फागुन, काठमाडौं । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा ७४ दलमात्र दर्ता भएका छन् । मधेसी मोर्चामा आवद्ध भएकामध्ये ६ दल दर्ता भएका छैनन् भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले भने दल दर्ता गरेको छ ।
आयोगको क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा ११३ दल दर्ता भएका थिए । आयोगले तीन दिने म्याद दिएर संविधानको धारा २७१ बमोजिम विवरण पेश गरी केन्द्रीय कार्यालयमा पुनः दर्ता गर्न भनेको थियो ।
Advertisment
तर, ७४ दल मात्र दर्ता भएका छन्, जसमा कांग्रेस, एमाले, माओवादी केन्द्रसहित अधिकांश दल छन् । तर, मधेसी मोर्चामा आवद्ध तमलोपा, सदभावना, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सदभावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सदभावना पार्टीले भने केन्द्रमा दल दर्ता गराएका छैनन् ।
उनीहरुले जिल्ला तथा क्षेत्रमा भने दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला तथा क्षेत्रीय कार्यलयमा दर्ता भएका तर, केन्द्रमा दर्ता नभएका दलहरुले पनि आगामी स्थानीय चुनावमा भाग लिन पाउने आयोगले जनाएको छ ।
जिल्ला तथा क्षेत्रमा दर्ता नभएका नयाँ ७ वटा दलले जिल्लामा छुटेको भन्दै केन्द्रीय कार्यालयमा मात्रै निवेदन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । यद्यपि उनीहरुले स्थानीय चुनावमा भाग लिन पाउने छैनन् ।
दलहरुलाई दिइने चुनाव चिन्ह भने संविधानसभाको निर्वाचनमा भाग लिएका दलले समानुपातिक तर्फ प्राप्त गरेको मतका आधारमा र अन्यका हकमा स्थानीय तह निर्वाचन ऐन अनुसार प्राप्त हुने प्रवक्ता शर्माले जानकारी दिए ।
कुन-कुन दलले चुनावमा भाग लिन पाउँछन् ?

निर्वाचन आयोगको केन्द्रमा मात्र दर्ता भएका ७४ दलहरु 

२०७३ फागुन १९ गते २०:०९ मा प्रकाशित

Comments