फास्ट फुड इन्डस्ट्रीमा विदेशी कामदारलाई भिसा नदिने अष्ट्रेलियाको घोषणा

१९ फागुन काठमाडौं । अमेरिकापछि अब अष्ट्रेलियाले पनि वर्किङ भिसामा कडाई गर्ने घोषणा गरेको छ ।
Advertisment
अष्ट्रेलियाका इमिग्रेसनमन्त्री पिटर डटनले फास्ट फुड इन्डस्ट्रीमा विदेशी कामदारलाई भिसा दिने प्रक्रिया अन्त्य गर्ने बताए ।
यो निर्णयले सबैभन्दा भेरै भारतीय प्रवासी कर्मचारी प्रभावित हुनेछन् किनकी वर्किङ भिसा पाउनेमा एक चौथाई भारतीय छन् । नेपालीलाई पनि यसले असर गर्नेछ ।
अष्ट्रेलियालीहरुको नोकरी सुरक्षित गर्न यो कदम चालिएको मन्त्री डटनले बताएका छन् ।
सन् २०१२ देखि अहिलेसम्म म्याकडोनल्ड्स, केएफसी, हंग्री ज्याक्स समेत अन्य कारोबारमा करिव ५०० विदेशी कामदारलाई वर्किङ भिसा दिइएको थियो । यो भिसालाई ४५७ नामले चिनिन्छ ।
अष्ट्रेलियाको सरकारी तथ्यांक अनुसार गत वर्ष सेप्टेम्बरमा ४५७ भिसामा कुल ९५ हजार ७५८ मानिास थिए जकबी यो संख्या २०१३ मा १ लाख ३ हजार ८६२ थियो । यसमा सर्वाधिक भारतीय २४.६ प्रतिशत छ । बेलायती १९.५ प्रतिशत र चिनियाँ ५.६ प्रतिशत छन् ।
२०१२ मा लेबर पार्टीमा सत्तामा रहेका बेला एक सम्झौता अन्तरगत फास्ट फुड इन्डस्ट्रीमा कामका लागि विदेशी कामदारलाई वर्किङ भिसा दिन सुरु गरेको थियो । तर, लेबर पार्टीकै रोजगार प्रवक्ताले निर्णयमा प्रश्न उठाए ।
के हो ४५७ भिसा ?
यो चार वर्षका लागि दिइन्छ, जस अन्तरगत थुप्रै मानिस आफ्नो परिवारसँग अष्ट्रेलियामा बस्न सक्छन् ।
यो भिसा कुशल कामदारहरुको अभाव पूर्तिका लागि दिइन्छ । कुनै पनि कम्पनीले त्यसबेला मात्र यो भिसालाई स्पोन्सर गर्छ, जब उसले कुनै पनि अष्ट्रेलियाली वा स्थायी निवासी कामदार भेट्टाउँदैन ।
यो भिसा पाउने कर्मचारी अष्ट्रेलियामा स्वतन्त्रतापूर्वक आउजाउ गर्न सक्छन् ।
२०१६ मा मा सर्वाधिक भिसा शेफ, डेवलपर्स, प्रोग्रामर्स र मेडिकल कर्मचारीलाई दिइएको थियो ।
२०७३ फागुन १९ गते २०:१२ मा प्रकाशित १९ फागुन काठमाडौं । अमेरिकापछि अब अष्ट्रेलियाले पनि वर्किङ भिसामा कडाई गर्ने घोषणा गरेको छ ।

२०७३ फागुन १९ गते २०:१२ मा प्रकाशित

Comments