हङकङले दियो नेपाललाई २१५ रनको चुनौती

हङकङले दियो नेपाललाई २१५ रनको चुनौती

काठमाडौंः बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा हङकङले नेपालसामू २१५ रनको चुनौती प्रस्तुत गरेको छ।  कक्स बजारमा रहेको शेखकमल स्टेडियमा टस हारेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउँदै २१४ रन बनायो।
हङकङका लागि अंशुमान रथले सर्वाधिक ५१ रनको योगदान दिए। यस्तै केमरुन म्याअल्सनले ४३, वकास खानले ३०, सहीद वासिफले २२, एसान खानले १८ र वाजिद शाह मोहम्मदले १६ रन जोडेका थिए।
नेपालका लागि अविनाश कर्णले सर्वाधिक तीन विकेट लिए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, सुशन भारी र भवन कार्कीले समान दुई–दुई तथा सन्दिप लामिछाने एक विकेट लिएका थिए। नेपालले केहीबेरमा जवाफी व्याटिङ थाल्नेछ।
समूह बीमा रहेका नेपाल र हङकङ दुवै खेलमा पाकिस्तान र बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन्।

Comments