साउदीबाट अवैधानिक कामदार ९० दिनभित्र नफर्किए २८ लाखसम्म जरिवाना हुने

काठमाडौं, चैत १० - साउदी सरकारले ९० दिन भित्रमा आफ्नो देश नफर्किने अवैधानिक आप्रवासी कामदारलाई कडा कारबाही गर्ने भएको छ । आममाफिको अवधिमा नफर्किनेलाई कम्तिमा ४ लाख २० हजार रुपैयाँ देखि २८ लाख रुपैयाँसम्म् (१५ हजार देखि १ लाख रियाल) जरिवाना र फेरि साउदी जान नपाउनेगरि कारबाही गर्ने त्यहाँको अध्यागमन विभागले जनाएको छ । 
​साउदीबाट अवैधानिक कामदार ९० दिनभित्र नफर्किए २८ लाखसम्म जरिवाना हुने
गल्फ न्युजका अनुसार आउँदो चैत १६ गते देखि तीन महिनाभीत्र फर्किनेले भने जरिवाना तिर्नु नपर्ने र फेरि साउदी जान पाउने छन् । साउदीले अवैधानिक कामदार रहित देश बनाउन अभियान थालेकोे हो । 
तोकिएको अवधिमा श्रम अवधिभन्दा बढि बसेका, धार्मिक भ्रमणमा गएर बसेका अथवा अरु भिसामा गएर अवैध रुपमा बसेका आप्रवासी सहजै स्वदेश फर्किन सक्ने छन् । अवैधानिक रुपमा साउदी गएर अनुमती पत्र बिनै काम गरिरहेकाहरुलाई पनि फर्काइने र प्रक्रियाको बारेमा छलफल भैरहेको जनाइएको छ । यो सुविधा लिनको लागि राहदानी विभागमा गएर प्रक्रिया पुरा गर्नु पर्नेछ । 
आफ्ना नागरिकलाई अवैधानिक आप्रवासीलाई काम नदिन र उनीहरुलाई स्वदेश फर्काउन सहयोग गर्न समेत आग्रह गरेको छ । सन् २०१३ मा पनि ९० दिन आममाफि दिएको साउदीले फेरि यस्तो अवसर नदिने जनाएको छ  । साउदीमा तीन करोड ८४ लाख जनसंख्या मध्ये १ करोड २० लाख आप्रवासी कार्यरत छन् ।  

Comments