कतारबाट श्रीमानले पठाएको पैसाले उपचार गरौंला भन्ने आश गरेकी कलमुखिनीको निधन

संगीता कर्ण/धनुषा । 


चैत ९ – औषधोपचारको अभावमा धनुषाको जनकपुर उपमहानगरपालिका २५ लक्ष्मीपुर बगेवाहालकी कलमुखिनी देवी दासको निधन भएको छ । नौ महिना अघिदेखि मुटु रोगले पीडित दासको पैसा नभएकाले उपचार गर्न सकिएको थिएन । 
श्रीमान् कतारमा बिचल्ली, श्रीमती मुटुको रोगले थलिइन् शीर्षकमा यसअघि उज्यालो अनलाइनले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएको दुई दिन पछि कलमुखिनीको निधन भएको हो । 
उहाँका श्रीमान् लक्ष्मण दास कतारमा कार्यरत हुनुहुन्छ । त्यहाँ भारी बोक्ने काम पाएका लक्ष्मणले श्रीमतीको उपचारका लागि पैसा पठाउन सक्नु भएको थिएन । कलमुखिनीको निधन पछि चार जना छोराछोरीको विचल्ली भएको छ । 

Comments