काठमाडौं, चैत ११ – नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फका सांसद दुलारी देवीको बि एन्ड बि अस्पताल, ललितपुरमा उपचारका क्रममा बिहीबार निधन भएको छ ।
चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई चैत ४ गते अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । मोटरसाइकलमा रहनुभएका उहाँलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल काठमाडौं शान्तिनगरमा बस्दै आउनुभएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् ।
Comments
Post a Comment