मोर्चाले निर्वाचनमा भाग नलिने भन्दै हजरौंको संख्यामा निकाल्यो मोटरसाईकल ¥याली (फोटो फिचर)


अनिल यादव
नवलपरासी, ९ चैत्र । नवलपरासमिा मोर्चाले हजरौंको सख्यामा मोटरसाईकल ¥याली निकालेको छ । निर्वाचनमा भाग नलिने भन्दै आज नवलपरासीको महेपुर देखि निकालेको ¥यालीमा गाँउ गाँउ बाट मानिसहरु सहभागि भएका थिए ।

महेशपुर देखि परासी, मन्झरीया चोक, परासी बजार र हुलाकी बाटो हुदैं सेमरी, बेलाटारी हुदैं गुठी सुर्यपुरामा गई कोण सभा गरेको थियो । स्थानिय तहको निर्वाचन वैशाख ३१ गते तय भएपछि मोर्चाले संविधान संशोधन नभए सम्म निर्वाचनमा भगनलिने बताएको छ । कार्यक्रमका प्रमुख अतिथि तमलोपाका वरीष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्रि ह्देश त्रिपाठीले यस संविधानमा मधेशी, जनजाती, दलित, सिमान्तकृत र पछाडिए पारीएका समुदायहरुको अधिकार खोसिएको छ ।

कोण सभा लाई संबोधन गर्दै वक्ताहरुले संसदमा विचाराधिन संविधान संशोधन विधयेक पास नभएसम्म कुनै पनि हालतमा स्थानिय तहको निर्वाचन नहुने मोर्चाले बताएको छ । संघिय समाजवादि फोरम नेपालका अध्यक्ष धरेन्द्र यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा तराई मधेश सदभावना पार्टिका अध्यक्ष मुकुर जि गिरी, राष्ट्रिय मधेशी समाजवादि पार्टिका अध्यक्ष राधेश्याम यादव र सुभान अलि लगायतले बोल्नु भएको थियो ।
फोटो फिचर




Comments