विश्वकप छनौट : अर्जेन्टिनाले लियो चिलीमाथि बदला

चैत ११ – विश्वकप छनौट अन्तर्गत शुक्रबार भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ । चिलीको घरेलु मैदानमा निकै प्रतिस्पर्धात्क खेलमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाले अंक खोसेको छ ।
चिलीका डिफेन्डरले एन्जेल डि मारियालाई डि बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत १६ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गरेको गोल नै निर्णयक बन्यो ।
जितसँगै अर्जेन्टिनाले गएको वर्षको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग हारको बदला लिएको छ । मेस्सीको गोलले अर्जेन्टिनालाई तीन अंक प्राप्त भएको  । आउँदो वर्ष रुसमा हुने विश्कप छनौटमा कठिन भइरहेका बेला यो जितसँगै अर्जेन्टिना पाँचौै स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ ।
दोस्रो स्थानमा रहेको उरुग्वे भन्दा अर्जेन्टिना एक अंकले तल छ भने पहिलो स्थानमा रहेको ब्राजिल भन्दा ८ अंक तल छ । दक्षिण अमेरिकी समूहमा ४ देश सिधै विश्व कपका लागि छनौट हुने र पाँचौ देशले प्लेअफ खेल्न पाउने नियम छ । 

Comments