मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि प्रचण्डले आफैँ गरे चीन भ्रमणको स्वीकृति

मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि प्रचण्डले आफैँ गरे चीन भ्रमणको स्वीकृति


काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफनो साताव्यापी चीन भ्रमण आफै स्वीकृत गरेका छन् । मन्त्रिपरिषदको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण आफै स्वीकृत गरेका हुन् ।
मन्त्रिपरिषदको बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो । ‘परराष्ट्रमन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्बाट पछि अनुमोदन गर्ने गरी प्रधानमन्त्रीले स्वीकृत गर्नु भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका एक अधिकारीले अन्नपूर्णसँग भने । प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री प्रकाशशरण महतसहित १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार राति चीन प्रस्थान गर्ने कार्यक्रम छ ।
राष्ट्रपति सी जिनपिङसहित उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेपनि भ्रमणका क्रममा कुनै पनि विषयमा सम्झौता नहुने प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री महतले बताएका छन् । परराष्ट्रमन्त्रालयले भनेको छ, ‘यो भ्रमणका अवसरधमा कुनै सन्धि, सम्झौता, समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छैन । द्धिपक्षीय सम्बन्ध र सहायतामा धेरै महत्वपूर्ण विषयवस्तुहरुमा हाम्रो तर्फबाट तयारी पूरा भएको छ । निकट भविष्यमा यी बिषयहरुमा सहमति भइ हस्ताक्षर हुने हाम्रो विश्वास रहेको छ ।’

Comments