- Get link
- X
- Other Apps
काठमाण्डु टुडे२०७३ फागुन २६ गते १३:४५ मा प्रकाशित
216 0 0
भक्तपुर, २६ फागुन – नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमतीबिना स्थानीय निर्वाचन सम्भव नभएको बताएकी छिन् । रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सबै दलको सहमति नभई घोषणा गरिएको निर्वाचन सम्भव नभएको बताइन् ।
तीन दल मिल्नुको वि कल्प छैन, उनले भनिन्, सबै दल मिलेर चुनावमा जानु पर्छ । दलहरुबीचको मतभेदका कारण समस्या आएकाले राष्ट्र कमजोर भएको हो । उनले सबैभन्दा ठूलो राष्ट्र भएकाले राष्ट्र कमजोर बनाएर कोही पनि माथि पुग्न नसक्ने बताइन् ।
दलहरुबीच बारम्बार झगडा गर्ने, समस्या ल्याउने र कुनै न कुनै बहानामा झगडा बनाइराख्ने कारण नेपालको अन्तराष्ट्रिय बदनाम भएको उनले बताएकी हुन् । सबैले संमयता र धैयता गरेर निर्वाचनमा जानुपर्नेमा उनको जोड छ ।
मधेशी मोर्चाको संविधान संशोधनको मागलाई कही कतै संमावेश गर्न आवश्यक भएपनि पूर्ण रुपमा सबै कुरा एकैचोटी संविधानमा समावेश गर्न नसकिने बताइन् । उनले मधेशी मोर्चाबिना निर्वाचन गए अशान्त हुने बताउँदै मधेशमा रक्तपात हुने बताइन् । मधेशी मोर्चालाई समेटेर मात्र निर्वाचनमा जानुपर्नेमा जोड दिर्दै उनले मधेशी मोर्चाबिनाको निर्वाचन सम्भव नभएको बताइन् ।
उनले सप्तरी काण्ड घट्नुको मुख्य कारण सरकारको कमजोर सुरक्षा नीतिकै कारण भएको बताउँदै सरकारको बच्चापनले यस्तो समस्या आएको उल्लेख गरिन् । कुनै पनि पार्टीले शान्तिपूर्ण सभा समारोह गर्न पाउने बताउँदै उनले एमालेका नेता कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताले संरक्षण गरेर जोगाएको दावी गरेकी छिन् । सप्तरी काण्डले नेपालको अन्तराष्टिय क्षेत्रमा बदनामी भएको बताउँदै आगामी दिनमा यस्ता घटना घट्न दिन नहुने बताइन् ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले नेपाल अहिलेसम्मकै कुटनीतिमा कमजोर भएको बताएकी हुन् । राष्ट्रिय राजनीतिमा कुनै पनि पार्टीमा छलफल हुन नगरेको बताउँदै उनले कांग्रेसमा समेत छलफलको अभाव हुने गरेकोे बताइन् ।
उनले तत्काल सरकार परिवर्तनले कुनै निकास नदिने बताइन् । सरकार गठन विघटनभन्दा राष्ट्रिय राजनीतिको समस्या हल गर्न सबै लाग्नुपर्ने बताएकी छिन् । उनले कोही पनि ब्यक्तिगत स्वार्थमा नलागी राष्ट्रको विषयमा सोच्नुपर्ने बताइन् ।
उनले तत्काल सरकार परिवर्तनले कुनै निकास नदिने बताइन् । सरकार गठन विघटनभन्दा राष्ट्रिय राजनीतिको समस्या हल गर्न सबै लाग्नुपर्ने बताएकी छिन् । उनले कोही पनि ब्यक्तिगत स्वार्थमा नलागी राष्ट्रको विषयमा सोच्नुपर्ने बताइन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment