चुनाव घोषणा भएकै दिन आन्दोलनमा जाने मधेसी मोर्चाको चेतावनी


५ फागुन, काठमाडौं । संघीय लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनको मिति घोषणा भएकै दिन आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सरकारले आगामी जेठमा चुनाव गर्ने गरी मिति घोषणाको तयारी गरिरहेका बेला मधेसी मोर्चाले आन्दोलनमा जाने चेतावनी दिएको हो । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बिहीबार बसेको मोर्चाको अनौपचारिक बैठकले संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने पुरानै अडान दोहोर्‍याएको छ ।


नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले आफूहरुको माग सम्बोधन नगरी निर्वाचन गर्न खोज्नु भनेको झगडाका लागि निम्तो दिनु सरह हुने टिप्पणी गरे ।
मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेक परिमार्जनसहित पास भएपछि मात्र चुनावमा जान सकिने बताउँदै आएको छ ।
२०७३ फागुन ५ गते १७:२८ मा प्रकाशित

Comments