गौशाला चोकमा मालबाहक टिपर भासिएपछि...

गौशाला चोकमा मालबाहक टिपर भासिएपछि...


काठमाडौं: काठमाडौंको गौशाला चोकमा मालबाहक टिपर भासिएपछि यातायात सेवा प्रभावित भएको छ । सोमबार बिहान मेलम्ची खानेपानी आयोजनाका लागि खनिएको खाल्डोमा बा २ ख ४४२० नम्बरको टिपर फसेको थियो । टिपरको पछाडिको एउटा चक्का खाल्डोमा परेपछि सडक अवरुद्ध भएको छ ।
कार्यालय समयमा बढी चाप हुने गौशाला चोकमा बीच बाटोमै टिपर फसेपछि ट्राफिक व्यवस्थापन मिलाउन प्रहरीलाई समस्या भएको थियो ।
मेलम्चीको खानेपानी लाइन विस्तारको काम व्यवस्थित गर्न नसक्दा उपत्यकाबासीले अहिले समस्या भोग्दै आएका छन् ।
पैदलयात्री तथा सवारी चालक घाम लाग्दा धूलोको मारमा पर्ने गरेका छन् भने अलिकति पानी परेपनि हिलोको समस्याबाट पीडित हुने गरेका छन् ।

Comments