भित्रिए नेपाली नम्बर प्लेटका बुलेट http://breakingnews221.blogspot.com/

भित्रिए नेपाली नम्बर प्लेटका बुलेट
काठमाडौः ग्यास उद्योगीले नेपाली नम्बर प्लेटको ग्यास बोक्ने बुलेट भित्र्याउन सुरु गरेका छन् । नेपाली नम्बर प्लेटका दुईवटा बुलेट बिहीबार रक्सौल नाकाबाट नेपाल आइपुगेका छन् । ग्यास उद्योगको ४२ वर्षको इतिहासमा उद्योगीले पहिलो पटक नेपाली नम्बर प्लेटका ग्यास बुलेट ल्याएका हुन् ।
http://breakingnews221.blogspot.com/

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले रक्सौल नाका हुँदै ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट नेपाल भित्रिएको जानकारी दिए । काठमाडौंको चाल्नाखेलस्थित एभरेस्ट ग्यास उद्योगले ती दुई ग्यास बुलेट ल्याएको हो । ‘नेपाली नम्बर प्लेटको ग्यास बोक्ने बुलेट भित्र्याउने काम सुरु भइसक्यो', संघका अध्यक्ष घिमिरेले भने, ‘अहिले एउटा उद्योगले दुईवटा ल्यायो, अन्य कम्पनीका पनि भारतमा बुलेट निर्माणको काम सम्पन्न भइसकेको छ ।' एभरेस्ट ग्यास उद्योग घिमिरेको हो ।
एउटा बुलेट खरिद गर्न उद्योगीले करिब ७० लाख नेपाली रुपैयाँ खर्च गरेका छन् । एभरेस्टले भारतबाट भित्र्याएको दुई थान बुलेट रक्सौल भन्सारमा जाँच पास भए पनि वीरगन्जस्थित नेपाली भन्सारमा जाँच पास हुन बाँकी रहेको घिमिरेले जानकारी दिए । उनका अनुसार जाँचपास भएपछि शनिबार बुलेट राजधानी आइपुग्नेछ ।
नेपाल आयल निगमले विभिन्न समयमा गरी सात सय ७२ वटा नेपाली नम्बर प्लेटका बुलेट खरिद गर्न उद्योगीलाई अनुमति दिएको थियो । त्यसमध्ये उद्योगले ७९ वटा बुलेट खरिद गरिसकेका छन् ।
उद्योगले पाएको कोटाअनुसार हाल भारतको दिल्ली, बरौदा, पुणे र हरियाणालगायत सहरमा एक सय ५० वटा बुलेट निर्माण भइरहेका छन् । त्यसमध्ये ९० वटाको निर्माण सम्पन्न भएर नेपाल आउने क्रममा छ । निगमले उद्योगको क्षमता, उद्योग र भारतको रिफायनरीको दुरी, पहाड र तराई क्षेत्रलगायतलाई आधार बनाई एक उद्योगलाई न्युनतम सातदेखि ७५ वटासम्म बुलेट खरिद गर्न अनुमति दिएको छ ।
भारतबाट खरिद भएर आउन लागेका बुलेट १८ मेट्रिक क्षमताका छन् । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत स्वदेशी नम्बर प्लेटको बुलेट भारतबाट आयात गर्दा ६६ प्रतिशत भन्सार शुल्क छुट दिएको छ ।
एउटा बुलेट खरिद गर्न उद्योगीले करिब ७० लाख नेपाली रुपैयाँ खर्च गरेका छन्
नेपाली नम्बर प्लेटका बुलेट नहुँदा निगमले भारतबाट निक्कै सास्ती व्यहोरेर भारतीय नम्बर प्लेटका बुलेटमा ग्यास आयात गरिरहेको छ । सरकारी स्तर र व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको एक वर्षको छलफल पश्चात स्वदेशी नम्बर प्लेटको बुलेट राख्ने मार्ग खुलेको थियो ।
भारतका सातवटा ढुवानी व्यवसायी (ट्रान्सपोर्टर) का सात सय बुलेट भाडामा लिएर नेपालका उद्योगीले भारतको चारवटा रिफाइनरी केन्द्र करनाल, मथुरा, हल्दिया र बरौनीबाट ग्यास आयात गर्दै आएका छन् । यसबाट भारतीय व्यवसायीले ढुवानी खर्चबापत नेपालबाट वार्षिक दुई अर्ब ७५ करोड रुपैयाँ भुक्तानी लिँदै आएका छन् ।
भारतीय बुलेट व्यवसायी रमेश बाद्राले मात्रै नेपालमा दुई सय २० वटा बुलेटबाट ग्यास निर्यात गर्दै आएका छन् भने भारतीय ढुवानी व्यवसायी संघका अध्यक्ष सतिश शर्माको करिब २२ वटा बुलेट प्रयोगमा छन् ।
उद्योगीले पाएको स्वीकृत अनुसारको संख्यामा नेपाली नम्बर प्लेटको बुलेट आयो भने ढुवानी वापत भारतमा जाँदै गरेको ठूलो नेपाली रुपैयाँ जोगिनेछ । भारतीय व्यवसायीले ढुवानी खर्चबापत नेपालबाट वार्षिक दुई अर्ब ७५ करोड रुपैयाँ भुक्तानी लिँदै आएका छन् ।
भारतीय बुलेट व्यवसायी रमेश बाद्राले मात्रै नेपालमा दुई सय २० वटा बुलेटबाट ग्यास निर्यात गर्दै आएका छन् । भारतीय ढुवानी व्यवसायी संघका अध्यक्ष सतिश शर्माका करिब २२ वटा बुलेट प्रयोगमा छन् ।

Comments