सरकारले तयारी गरेको संशोधनले मधेसलाई सम्बोधन गर्दैन : महन्थ ठाकुर http://www.clicksgear.com/watch?key=f267318fe73886271f465cad9dff0b71
मंसिर १३, २०७३- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले अहिले तयारी गरेकै संशोधन प्रस्तावले मधेस आन्दोलनको सम्बोधन नहुने बताएका छन् । माग पूरा नहुने संशोधनलाई मधेसी मोर्चाले धुपबत्ति बालेर स्वागत नगर्ने बताए ।
संशोधनका अन्तर्वस्तुबारे आन्दोलनरत मोर्चासँग कुनै छलफल नगरिएकाले प्रस्ताव दर्तापछि मात्र त्यसबारे प्रतिक्रिया दिन सकिने उनले बताए । ‘सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वबारे संशोधन प्रस्ताव ल्याउने भनिएको छ,’ अवधी पत्रकार संघले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटमा उनले भने, 'जे प्रस्ताव लैजाने तयारी गरिएको छ, त्यसले हाम्रो माग सम्बोधन गर्दैन ।
राज्य पुन:संरचना आयोगले दिएको तराईमा दुई प्रदेश र पहिचानसहितका १० प्रदेशको ग्यारेन्टी नहुँदासम्म सरकारसँग सहमति हुन नसक्ने र चुनाव हुन पनि नदिने अध्यक्ष ठाकुरले बताए । अधिकारसम्पन्न सीमांकन आयोगलाई जिम्मा दिएर जान सकिने उनले संकेत गरेका छन् । उक्त आयोगलाई दिइने म्याण्डेट भने प्रस्ट हुनुपर्ने उनको भनाइ छ ।
अहिले चर्चा गरिएको संशोधनको प्रस्ताव संसदमा दर्ता नहुँदासम्म भने छलफलको कुनै औचित्य नभएको उल्लेख गर्दै उनले भने, 'प्रदेश ५ मा केही हेरफेर हुँदैमा सीमांकनको विवाद टुंगिदैन । संख्याको बलमा जर्बजस्ती गर्न खोजिएर मधेसले बिद्रोह गर्नेछ ।'
उनले २०४७ र २०६३ सालको अन्तरिम संविधानमै भएको वैवाहिक अंगीकृत नागरिकताको व्यवस्थालाई निरन्तरता दिन माग गर्दा अनावश्यक दुष्प्रचार गरिएको आरोप पनि लगाएका छन् ।
पहिचानका आधारमा राज्य पुन:संरचना हुनुपर्ने आफूहरुको मुख्य माग रहेको भन्दै अध्यक्ष ठाकुरले तराईमा दुई प्रदेश मधेसी मोर्चाको बटमलाइन भएको बताएका छन् । सरकारले ल्याएको प्रस्ताव मोर्चालाई स्वीकार्य भएमा त्यसलाई पारित गर्न एमालेले साथ नदिए पनि संख्या पुग्ने दाबी उनको छ ।
http://www.clicksgear.com/watch?key=f267318fe73886271f465cad9dff0b71
Comments
Post a Comment