ग्वंगलाई घटराज



मंसिर १३, २०७३- वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई २०७२ को ‘घटराज पुरस्कार’ दिइएको छ । लामो समयसम्म शिक्षासेवाका साथै नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहेबापत उनलाई घटराज भट्टराई स्मारक कोशले पुरस्कृत गरेको हो । साहित्यकार घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा शनिबार राजधानीमा संस्कृतिविद् एवं शताब्दी पुरुष डा. सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गरे । 
पुरस्कारमा ताम्रपत्रका साथै पचास हजार रुपियाँ रहेको छ । कार्यक्रममा संस्कृतिविद् जोशी, पुरस्कृत ग्वंग, कोषका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईं, स्रष्टाहरू प्रयागराज वाशिष्ट, शान्ति रिसाल, अर्चना वाग्ले, डा.राजेश भट्टराई, कोषका संस्थापक नरेन्द्रराज प्रसाईँ, सदस्यसचिव साधना दाहाल लगायतले नेपाली भाषा साहित्यमा भट्टराईको योगदानमाथि प्रकाश पारेका थिए ।


Comments