मंसिर १२, २०७३- जुम्ला जिल्लाको धरोहरको रुपमा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरमा चोरी भएपछि हजारौं जुम्लीहरु सडकमा उत्रिएका छन् ।
गएराति जुम्लाको खलंगा बजारमा रहेको मन्दिरबाट ३७ वटा बहुमूल्य मुर्तिहरु चोरि भएका छन् । मन्दिरमा चोरी भएको खबर थाहा पाएपछि हजारौं भक्तजनहरु सडकमा उत्रिएका छन् । जुम्ला पुरै ठप्प छ । लामो तथा छोटो दुरीका यातायात र मोटरसाइकल समेत सञ्चालनमा आउन सकेका छैनन् ।
मूर्ति चोरी गर्नेहरुलाई तत्काल पक्राउ गर्न माग गर्दै जुम्लाका निजी विद्यालयका विद्यार्थीहरु पनि सडकमा उत्रिएका छन् । परीक्षाको समय नजिक आएपनि जुम्लाको अस्तित्व नै लुटेपछि विद्यालयमा पढाइ गर्न नसकिएको भन्दै प्याव्सन जुम्लाले विद्यार्थीहरुलाई सडकमा उतारेको जनाएको छ जेआर कर्णाली बोर्डिङका प्रिन्सिपल जीवन गुरागाईंले भने, 'प्रहरी प्रशासनले तत्कालै अनुसन्धान थाल्नुपर्छ । जिल्ला प्रशासन कार्यालय अगाडिबाटै करोडौंको मूर्तिहरु चोरी हुनु भनेको प्रहरी प्रशासनको पनि मिलेमतो हो ।'
चन्दननाथ मन्दिरमा रहेको मुख्य दत्तात्रयको त्रिमूर्ति सहित मन्दिरमा रहेका गौतम बुद्ध, कृष्ण, महाकाल लगात मुख्य देवताहरुको मूर्ति चोरी भएको छ । सुनको गजुर, देवताको पाइला, बहुमूल्य दायाँ र बायाँ शंख, सिंहासन पनि चोरी भएका छन् । मन्दिरका पुजारी मौलेश्वरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments
Post a Comment