पुन:निर्माण महाअभियान अन्तर्गत भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुन:निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ । तर, यस्तै महाभूकम्पले नष्ट भएको विश्वास गरिएको एक प्राचीन दरबार भने अझै पृथ्वीको गर्भमै छ । त्यो पनि टाढा कतै होइन, काठमाडौँकै हाँडीगाउँमा भएको अनुमान छ । त्यसरी उत्खनन र अनुसन्धानको अभावले मिथक बनेको दरबार हो, कैलाशकूट ।
१ हजार ४ सय वर्षअगाडि लिच्छवि राजा अंशुवर्माले बनाएको यो दरबार वास्तुकलाको श्रेष्ठतम नमुना थियो । कैलाशकूट भन्नासाथ हाम्रो मानसपटलमा असीम भव्यता र वैभवताको झल्को आउँछ । सात तले, किम्मति पत्थरको कलात्मकताले भरिपूर्ण अनि छानामा १० हजार मानिस अटाउनेजस्ता मिथक कैलाशकूटसँग जोडिएका छन् ।
धेरै सामाजिक सुधार र विकासका काम भएकाले नेपालको इतिहासमा लिच्छविकाललाई स्वर्ण युग मानिन्छ । त्यही युगका तीन दरबार चर्चित छन्, मानगृह, कैलाशकूट र भद्रादिवास । त्यसमध्ये पनि कैलाशकूट भव्य थियो । स्वर्णयुगको सबैभन्दा भव्य दरबार । दुर्भाग्य ! पुरातत्त्व विभागसँग कैलाशकूट कहाँ र कस्तो थियो भन्ने यकिन तथ्यसमेत छैन । कैलाशकूटको वैभवताका बारेमा जति वैज्ञानिक अध्ययन भएका छन्, त्यसभन्दा धेरै हल्ला छ नेपाली समाजमा । सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी दुखेसो पोख्छन्, “कैलाशकूट उत्खनन गर्न सकियो भने विश्वसामु नेपालको शिर कति उचो हुन्छ र पर्यटन प्रवद्र्धनमा कति महत्त्वपूर्ण योगदान पुग्छ भन्ने सरकारलाई हेक्कै छैन ।” हुन पनि, जति प्रमाण भेटिएका छन्, त्यस आधारमा कैलाशकूट भवन वास्तुकला र वैभवताको उत्कृष्ट प्रतिविम्ब थियो भन्नेमा सायदै विमति रहला ।

अभिलेखहरूमा कैलाशकूट महिमा
कैलाशकूटको भव्यताको सबैभन्दा बढी कसैले व्याख्या गरेको छ भने त्यतिबेलाका चिनियाँ राजदूत वाङ हुएन त्सेले हो । राजा उदयदेवको सत्ताच्यूतपछि तिब्बत निर्वासनबाट तिब्बती र चीनको सैनिक मद्धतका आधारमा उदयदेवका छोरा नरेन्द्रदेवले कैलाशकूट भवन कब्जा गरेर शासन चलाए । चिनियाँ प्रभाव बढेको यही पृष्ठभूमिमा नरेन्द्रदेवले सन् ६४६ नेपालका लागि चीन सरकारका दूत वाङ नेतृत्वको टोलीलाई कैलाशकूटमा भव्य स्वागत गरेका थिए, त्यो पनि ‘रेड कार्पेट’ बिछ्याएर । त्यही क्षणलाई राजदूत वाङले दरबारको फैलावट, वैभवता र कलात्मकतासँग जोडेर लोभलाग्दो वर्णन गरेका छन्, आफ्नो नियात्रामा । उनी नेपाली राजाले आफूलाई मोतीको पहिरनमा सजाएको, बुद्धका प्रतिमूर्ति भएको पेटी बाँधेको र सिंहको आसनमा बसालेको भन्दै निकै प्रभावित भएका छन् ।

त्यस अवधिमा चीनमा समेत यस्तो वास्तुकलाको भव्य भवन नबनेको वाङको वर्णन छ । कैलाशकूट भवनका बारेमा विशेष अनुसन्धान गरेका पुरातत्त्वविद् तारानन्द मिश्र भन्छन्, “सातौँ शताब्दीमा चीनले विकासमा फड्को मारिसकेको थियो तर त्यहीँबाट आएका राजदूतले दिल खोलेर प्रशंसा गरेकाले कैलाशकूट भवनको वैभवता आकलन गर्न सकिन्छ ।” तिब्बती राजा स्रङ्चनगम्पोको पोतला दरबार र मगधका राजा हर्षवद्र्धनको धवलगृहकै समकालीन र त्यत्तिकै प्रख्यात मानिन्छ, कैलाशकूट । वास्तुकलाको स्वर्णिम नमुना मानिएको यो दरबारले दक्षिण एसिया र चीनमा उत्तिकै प्रसिद्धि पाएको थियो ।
प्यागोडा शैलीको यस अलौकिक भवनको संरचना र शैली मात्र होइन, धेरै वैज्ञानिक उत्खनन नभएकाले यो उपत्यकाको कुन स्थानमा थियो भन्नेसम्म टुंगो लागेको थिएन । हाल आएर चाहिँ हाँडीगाउँ क्षेत्रमा कैलाशकूट भवन थियो भन्ने निष्कर्ष निकालिएको छ । “कैलाशकूट भवन हाँडीगाउँमा थियो भन्नेमा विवाद गर्नुको तुक छैन,” नेपाली ऐतिहासिक आर्किटेक्चर, सहरीकरण र संस्कृतिका विज्ञ प्राध्यापक सुदर्शनराज तिवारीको कथन छ, “मानगृह सीता भवन र मनमानेश्वरको बीचमा थियो । त्यसैले कैलाशकूट भवन गहनापोखरीको दक्षिण र मालीगाउँको उत्तरी दिशामा थियो ।”
कैलाशकूट अवस्थित रहेको स्थान विवाद त करिब टुंगिएको छ । अब प्रश्न, यथार्थमा कैलाशकूट भवनको सुन्दरता, सम्पन्नता र वैभवता कस्तो थियो भन्ने नै हो । यसका लागि वाङको वृत्तान्तजत्तिकै विश्वसनीय र बलियो आधार हुन्, लिच्छविकालीन शिलालेख ।
लिच्छविकालीन १५ अभिलेखमा कैलाशकूट दरबारको खुलेर प्रशंसा गरिएको छ । त्यसमध्ये सबभन्दा पहिलो हो, सन् ६०५ मा जारी गरिएको बुङ्मती अभिलेख, जसमा कैलाशकूटको उल्लेख मात्र छ । खोपासीमा भेटिएको अभिलेखका अनुसार भने शिवदेवले कैलाश यात्राका निम्ति प्रत्येक व्यक्तिले कमेरोको ५० डल्ला ल्याउन आदेश दिएका थिए । यो माटो कैलाशकूटको रंगरोगनका लागि प्रयोग गरिएको इतिहासकारहरूको अनुमान छ । सन् ६०८ को साँगा अभिलेख अनुसार यो दरबार हेर्न जनतामा कौतूहल छ, यसलाई हेर्न जनता आँखै झिमिक्क नगरी टोलाइरहन्छन्, यस्तो भव्य भवन अन्त पनि कमै पाइन्थ्यो ।
नरेन्द्रदेवको अनन्तलिंगेश्वर अभिलेखबाट यस दरबार कैलाशजत्तिकै अग्लो र वास्तुशिल्पयुक्त भएको बुझिन्छ । कैलाशकूटको ख्याति विदेशसम्म फैलिएको थियो । अंशुवर्माको शिल्पले साकार रूप लिएको यस भवनको निर्माणको प्यागोडा शैली विदेशमा समेत प्रख्यात भएको थियो । पाटन भन्सारचोकको अभिलेखमा हिउँले धपक्क ढाकेको हिमालयको टाकुरासँग कैलाशकूटको तुलना गरिएको छ । अंशुवर्माको हाँडीगाउँ अभिलेखमा दरबारका विभिन्न देवीदेवताको मूर्ति राखिएको र चार ढोकामध्ये पश्चिम ढोकालाई विशेष महत्त्व दिइएको छ । त्यसैले कैलाशकूट दरबार दक्षिणाभिमुख रहेको मानिएको छ ।
अभिलेखहरूका अनुसार कैलाशकूट दरबारको चारैतिर पानीका ठूला नहर थिए, जसमा गोही पालिएको थियो, ता कि दुस्मन दरबारभित्र छिर्न नसकोस् । दरबारका वरपर अग्ला बुर्जा थिए, जहाँ राजाको सुरक्षाका लागि हरक्षण हतियारधारी सैनिक तैनाथ हुन्थे ।
पानीको छहरा कैलाशकूटको वैभव र प्रसिद्धिको अर्को मानक हो । राजदूत वाङको नियात्रा समाविष्ट ताङ वृत्तान्तमा सात तलामाथिबाट पानीको फोहरा तल झरेको उल्लेख छ । छानाबाट प्रत्येक तला हुँदै तल पोखरीसम्म वडो कलात्मक शैलीमा झर्दथ्यो । रमाइलो कुराचाहिँ पानी झर्दा पर्खालमा पर्दैनथ्यो । यसबाट दरबारको माथिल्लो भागमा पानी पुर्याउने प्रविधि विकास गरिएको अनुमान लगाउन सकिन्छ । दरबारमा पानीमा काम गर्नेहरूलाई विशेष महत्त्व र सम्मान दिइन्थ्यो । प्राध्यापक तिवारीको मत छ, “आकाशबाट परेको पानी संकलन गर्ने प्रविधिको विकास गरिएको थियो । हाँडीगाउँमा भएका धेरै इनारले त्यहाँ प्राचीनकालदेखि नै बृहत्तर पानीको प्रणालीलाई दर्शाउँछ ।”
तर, कैलाशकूट भवन निर्माण सामग्रीका विषयमा भने भिन्नभिन्न मत छन् । कोही ढुंगाले बनेको दाबी गर्छन् त कोही हलुका निर्माण सामग्रीले । लिच्छविकालको निर्माणको पहिलो साधन ढुंगा थियो । त्यही समयमा निर्मित बूढानीलकण्ठको ढुंगाको मूर्तिबाट पनि लिच्छविहरू ढुंगासँग खेल्न माहिर थिए भन्ने बुझाउँछ । सोही कारण कैलाशकूट बनाउन ढुंगालाई प्राथमिकता दिइएको अनुमान छ । तर, साततले र १० हजार मान्छे अटाउने भवनमा ढुंगाको प्रयोग सम्भव थियो र भन्ने प्रश्न पनि उत्तिकै बलियो छ । पुरातत्त्व विभागका पूर्वमहानिर्देशक संस्कृतिविद् साफल्य अमात्य उक्त दरबार ढुंगाले बनेको मान्दैनन् । भन्छन्, “ढुंगाको मूर्ति बनाइन्थ्यो, दरबार होइन ।”
आर्किटेक्ट इन्जिनियरिङका ज्ञाता प्राध्यापक तिवारी पनि आर्किटेक्टका हिसाबले ढुंगाको, त्यसमाथि साततले दरबार बनाउन सम्भव नभएको बताउँछन् । उनको बुझाइमा दरबार निर्माणका लागि हल्का सामान प्रयोग गरिएको हुनुपर्छ । बाँसको भाटामा माटो लगाएर बाहिरबाट सेतो कमेरो लेपिएको भनिएको छ । फेरि, भित्तामा कमेरो लगाएको भन्ने त विभिन्न शिलालेखमा उल्लेख नै छ । यही निक्खर कमेरोका कारण दरबारलाई हिमालजस्तो झलमल्ल भनेर तुलना गरिएको हुन सक्छ । तिवारी भन्छन्, “ढुंगा र इँटा थियो भने जगमुनि मात्र हो, माथि प्रयोग गरिएको छैन । साततले भएकाले गह्रौँ सामग्रीको प्रयोग सम्भव पनि थिएन । होइन भने धेरै संरचना भेटिइसक्नुपर्ने हो ।”

लिच्छविकालीन शक्तिकेन्द्र
आखिरमा अंशुवर्मालाई यस्तो भव्य र कलात्मक भवन निर्माणको आवश्यकता किन खट्कियो त ? किनभने, हिजोआज मात्र होइन, प्राचीन समयमा ठूला दरबार, स्मारक, मन्दिर शक्ति देखाउने र गर्व गर्ने माध्यम थियो । महँगा संरचनाबाट राजाहरूको शान मापन हुन्थ्यो । त्यसमाथि अंशुवर्मा त कलाप्रेमी थिए, उनको यही सपनाको मूर्तरूप थियो, कैलाशकूट भवन । यद्यपि, सन् ६०५ मा शिवदेवको मृत्यु नभइन्जेल अंशुवर्माले कैलाशकूटबाट आज्ञा जारी गरेका थिएनन् ।
खासमा विशालनगरमा भौमगुप्तहरूलाई हटाई शिवदेवले शासन सुरु गरेका हुन् । तर, यो विजयमा उनका भानिज मानिएका अंशुवर्मा, जो लिच्छवि घरानाका थिएनन्, को हात थियो । त्यसैले शिवदेवको शान घट्दै गयो, भित्रभित्रै शक्ति अंशुवर्मामा केन्द्रित हुन थाल्यो, भौमगुप्तलाई परास्त गरेको चार वर्षमा त उनी महासामन्त (प्रधानमन्त्रीसरह) बनिहाले । धनवज्र बर्जाचार्यले लिच्छविकालीन अभिलेखमा लेखेका छन्, ‘अंशुवर्माको उदयको साथसाथ बाहिर जतिसुकै राजकीय सम्मान रहे तापनि भित्रभित्रैबाट शिवदेव शक्तिहीन स्थापनाका राजा बन्न पुगेका थिए । अंशुवर्माको विद्वता, व्यक्तित्व र चातुर्यबाट उनी यति प्रभावित भए कि आखिर उनैलाई सबै राजपाठ सुम्पिदिए ।’

Comments
Post a Comment