भाद्र २१, २०७३- पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोक–७ मा मंगलबार बिहान सवा ३ बजे ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना३खा ९९०६ नम्बरको ट्रक अनियन्त्रित भई चुमखोलाको पुलबाट खसेको थियो । ट्रकका चालक बारा मोतियार ३ का राजमकुमार साह कानु र नाम ठेगाना नखुलेका अन्दाजी ३४/३५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए । घाइते हुनेमा ट्रकका सहचालक बारा बलरामपुर–४ का भुवनदेव साह र रावलीप्रसाद यादव छन् । उनीहरुको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ । साहको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।




अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला अति स्वस्थकर फल हो । यी रोग र समस्यामा अमलाले फाइदा गर्छ ।

कब्जियत

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

अरुचि

दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

रगत बग्ने

रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।

शरीरको गर्मीपना हटाउन

जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।

चिलाउने समस्या

सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।

आँखाको दृष्टिशक्ति बढाउन

अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

स्वास गन्हाउने

अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

कपालको चाया

हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

भिटामिन सीको कमी पूरा गर्न

अमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ । - See more at: http://www.dcnepal.com/news/news.php?nid=232891#sthash.K3YOUh5l.dpuf

Comments