चितवनः चितवनमा बस र ट्रक एकापसमा टोक्किँदा एकजनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा शनिवार बिहान यात्रुबाहक बस र ट्रक एकापसमा ठोकिँदा ट्रक चालक बारा गण्डकका ३० वर्षीय हेमन्त खड्काको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जनाकारी दिए। घाइतेमध्ये २० मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ५ ख ३७४३ नम्बरको बस र नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ६७९३ नम्बरको ट्रक ठोक्किँएका हुन्।
प्रहरीका अनुसार ट्रकको अगाडिका दुवै पांग्रा पन्चर भएपछि बसमा ठोक्किन पुगेको थियो। यस्तै पछाडिबाट आउँदै गरेको ना ४ ख ८३३४ नम्बरको ट्रक समेत अघिल्लो बसमा ठोक्किएको ट्रकमा जुध्न पुगेको थियो। घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
Comments
Post a Comment