ङमा २१ जाना बाल श्रमिकको उद्धार

दाङ, २३ भदौ । दाङको विभिन्न स्थानबाट २१ जना बाल श्रमिकको उद्धार गरिएको छ ।
बाल श्रम तथा बाल संरक्षण कार्यक्रमअन्तर्गत तुलसीपुर नगरपालिका र न्युसिपिसीको संयुक्त साझेदारीमा होटल, ग्रिल उद्योग, घर निर्माण, मासुमार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्ष मुनिका बालबालिकालाई उद्धार गरी पुनःस्थापना गरिएको न्युसिपिसी दाङका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभयो ।
बाल श्रम तथा बाल संरक्षण कार्यक्रमअन्तर्गत तुलसीपुर नगरपालिका र न्युसिपिसीको संयुक्त साझेदारीमा उनीहरुलाई उद्धार गरी पुनःस्थापना गरिएको हो ।
आज एक कार्यक्रमको आयोजना गरी उद्धार गरिएका बालबालिकालाई विद्यालय पठाउन किताब, कापी, कलम, झोला, स्कुल पोसाक उपलब्ध गराउनुका साथै प्रतिपरिवार रु आठ हजारका दरले आर्थिक रकम पनि प्रदान गरिएको छ । परिवारले प्राप्त गरेको पैसाले खुद्रा पसल, चार्ट पसल, बङ्गुरपालन, बाख्रापालनलगायतका आयआर्जनमुखी काममा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 न्युसिपिसले यसवर्ष विभिन्नखाले श्रममा काम गरिरहेका ३५ जना बालबालिकालाई परिवारमा पुनःस्थापना गर्ने लक्ष्य लिएको छ ।mining-children

Comments