भाद्र २२, २०७३- सहरमा तरकारीको मूल्य छोइनसक्नु छ। उपभोक्ताले चर्को मूल्य तिरेर तरकारी खान्छन्। तर, उत्पादन गर्नेले भने सस्तोमा बेच्न बाध्य छन्।
मुख्य सिजन नभएको यो बेलामा सर्लाहीबाट दैनिक २ हजार किलो तरकारी राजधानी लगायत ठूला सहरमा पठाउने गरिएको छ। लालबन्दीमा किसानले घिरौंला बढीमा १५ रुपैयाँ किलोसम्ममा बिक्री गरिरहेका छन्। करेला, परबल र काँक्रोको मूल्य किलोको २० रुपैयाँभन्दा कम रहेको छ। तरकारी उत्पादन कम हुने बेलामा पनि राम्रो भाउ पाएका छैनन्।
लालबन्दीमा उत्पादन हुने तरकारीको मुख्य बजार काठमाडौंमा भने मूल्य अकासिएको छ। लालबन्दीका थोक व्यापारी मानबहादुर लामाले राजधानीमा तरकारीको भाउ बढी भएको बताए। ‘हामीले २० रुपैयाँ किलोमा खरिद गरेर पठाएको तरकारीको मूल्य बढीमा ३० सम्म हुनुपर्थ्यो,’ उनले भने, ‘१५ रुपैयाँ किलोको घिरौंला ४८ रुपैयाँ भनेको सुन्दा अचम्म लाग्यो।’ किसानसित सस्तोमा खरिद गरेर व्यापारीले धेरै मूल्यमा बेच्ने गरेका छन्। मेहनत र लगानीअनुसार किसानले मूल्य पाउँदैनन्।
ढुवानी, लोड अनलोड र नाफा जोडेर राजधानी पुर्याउँदा बढीमा प्रतिकिलो लागत ५ रुपैयाँ बढ्ने हो। राजधानीका थोक व्यापारीको नाफासमेत जोड्दा थप २ रुपैयाँ भाउ बढ्छ। किसानबाट उपभोक्तासम्म पुग्दा ३ जना व्यापारीले नाफा राख्छन्। ढुवानी, लोडअनलोड ज्याला थपिन्छ। सबै गर्दा बढीमा किलोको १० रुपैयाँ मात्र भाउ वृद्धि हुनुपर्ने व्यापारी बताउँछन्।
लालबन्दीका व्यापारीले किलोमा १ रुपैयाँ मात्र नाफा राखेर बेच्ने गरेको बताए। भित्र्याउने र बाहिर बेच्ने दुवै तरकारीमा थोक व्यापारीले धेरै नाफा नराखेको दाबी गर्छन्।
बन्दा, काउली, भेडेखोर्सानी, गाजर, मुला, गोलभेडा भने अहिले अन्यत्रबाट लालबन्दीमा ल्याउँछन्। थोक व्यापारी रामदरेश चौधरीले भाउ वृद्धि हुनुमा काठमाडौं पुगेपछि हुने चलखेल प्रमुख कारण रहेको उल्लेख गरे। ‘हामीले लिने र बेच्ने तरकारीमा किलोको १ रुपैयाँ नाफा राखेर काम गरिरहेका हुन्छौं,’ उनले भने, ‘राजधानी पुगेपछि धेरै बढ्छ।

किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यमा यति धेरै फरक नहुनुपर्ने हो।’ तरकारी समयमै कालीमाटी पुर्याउनका लागि बाटोमा प्रहरीलाई रिझाउनुपर्ने कारणले पनि मूल्य वृद्धि हुने व्यापारीको भनाइ छ। तरकारी बिहानै पुर्याउँदा छिटो बिक्री हुने गर्छ। त्यसका लागि प्रहरी जाँचका नाममा हुने ढिलाइ रोक्न बेलाबेलामा खर्च बढ्ने गरेको एक व्यापारीले बताए। ढुवानीमा भएको भाडा वृद्धि, ओसारपसारमा सहजता जस्ता व्यवस्था सरकारले मिलाइदिए तरकारीको मूल्य घट्ने व्यापारीको दाबी छ।
किसान दु:खी
रुपन्देहीका किसानले यो साता काँक्रो २० देखि २५ रुपैयाँमा बेचेका छन्। त्यही काँक्रो बुटवलमा ५० देखि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। किसानले फर्सी १५ देखि २० रुपैयाँमा बेचे। फर्सी, गोलभेडा र घिरौंला पनि उपभोक्ताले ४५ देखि ५० रुपैयाँ प्रतिकिलोमा किन्नुपर्यो। किसानले ४० मा बेचेको सिमीलाई उपभोक्ताले ९० मा किन्नुपरेको छ। उपभोक्ताले सस्तोमा तरकारी पाएका छैनन्। आफूहरूले साविकमा बेच्दा पनि बजारमा तरकारीको भाउ अकासिएको देख्दा किसान अचम्म मान्छन्। बिचौलियाले किसानको उत्पादन सस्तोमा लिएर बजारमा दोब्बर मूल्यमा बेचेको देखिन्छ। ‘आफैंले उपभोक्तासम्म पुर्याउन सक्दैनौं,’ सूर्यपुराका राधेश्याम लोधले भने, ‘होलसेलमा बेच्दा फाइदाजति व्यापारीले लिने गरेका छन्।’

जिल्लाको ४ हजार १ सय ४७ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुन्छ। हिउँद, वसन्त र वर्षे गरी ३ सिजन खेती गरिन्छ। करिब ५ सय व्यावसायिक किसानले वार्षिक ९० हजार ९ सय ९१ टन तरकारी उत्पादन गर्ने कृषि कार्यालयले जनायो। बुटवलमा ६५ जिल्लाका तरकारी पुग्ने कृषि उपज तथा थोक बजार केन्द्र र भैरहवामा मायादेवी फलफूल तथा तरकारी बजार छन्। यी बाहेकका १२ तरकारी संकलन केन्द्र र २ सय बढी हाटबजार छन्। यति हुँदा पनि किसानले आफ्नो उपजको सहज बजार पाएका छैनन्।
‘सरकारले मूल्य निर्धारण गरिदिए सहज हुने थियो,’ सूर्यपुराका किसान पन्नेलाल केवट भन्छन्, ‘नत्र जति बजार खुले पनि बिचौलिया बढ्छन् तर किसानले फाइदा कमाउन सक्दैनन्।’ वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले क्वारेन्टाइनमा कडाइ नगर्दासम्म स्वदेशी किसानले उत्पादनको मूल्य पाउन र उपभोक्ताले स्वस्थ तरकारी उचित मूल्यमा उपयोग गर्न नपाउने बताए। ‘खुला सीमा छ, खुरुखुरु चेकजाँचबिना गुणस्तरहीन तरकारी भारतबाट आउँछ,’ उनले भने, ‘व्यापारीले सस्तो र कमसल माल यहीँको बजारभाउमा बेचेपछि यहाँका किसान मर्कामा पर्छन्।’
Comments
Post a Comment