भाद्र २७, २०७३- ताप्लेजुङका कुमार केसी आइतबार राति ८ बजे सब्जी मार्केटमा पुग्दा खसी किन्नेहरुको लस्कर नै थियो । वैदेशिक रोजगारका लागि कतार छिरेदेखि कुमारले चाडपर्वको महत्व बुझेका छन् । दशैं, तिहारदेखि इद आए पछि उनी साथीभाई लिएर सब्जी मार्केटमा खसी छान्न पुगिहाल्छन् ।
मुस्लिम धर्मालम्बीको पर्व बकरइद मनाउन कतारसहित खाडीका देशहरुमा तीन दिनको छुट्टी सोमबारबाट सुरु भएको छ । वर्षमा लामो छुट्टी पाउने यही इदको समयमा हो । दैनिक १२ घण्टा काममा खटिएका कामदारलाई यो लामो छुट्टीले निकै राहत दिन्छ । साथीभाइबीच रमाइलो गर्न खसी नै ढाल्ने गर्छन् कामदारहरु ।
सब्जी मार्केटमा खसी–बाख्राको बेचबिखन गर्ने सुडानीहरुको पहिलो ग्राहक नै नेपाली हुन् । नेपाली ग्राहकलाई पट्टाउन उनीहरुले एक वाक्य नेपाली बोल्न सिकेका छन् । भन्छन्, ‘दाई खसी राम्रो छ । सस्तो छ ।’
नेपालीको भीड लाग्नसाथ सुडानीहरुले खुसीको मुल्य एकाएक बढाइदिन्छन् । ‘अरु दिन ६ सय रियाल (१८ हजार रुपैयाँ) पर्ने खसीलाई एक हजार रियाल (झन्डै ३० हजार रुपैयाँ) पर्यो’, उनी भन्दै थिए, ‘जति परे पनि लिनै पर्यो ।’
सोमबारबाट डियुटी जानु नपर्ने भएकोले उनीहरु आइतबारको डियुटीबाट सिधै मार्केट पुगेका थिए । ‘बिदा भएकोले आइतबार राति नै खसी ल्याएर ढालियो,’ उदयपुरका होम बस्नेत भन्दै थिए, ‘सनैयामा खसी नढलेको क्याम्प नै नहोला ।’
इश्लाम धर्मावलम्बीका लागि बकरइद खास रहे पनि यसमा सबै धर्मावलम्बीका मानिसहरुले रमाइलो गरी मनाउने गर्छन् । ‘योभन्दा अघिल्लो वर्ष दशैंकै बेला नै इद परेको थियो । हामीले पनि मज्जाले टिका लगाउनेदेखि साथीभाइबीच खुलेर नाचगान गरेका थियौं,’ कास्कीका रेशम बस्नेत क्षेत्रीले भने, ‘यसपाली इद अगाडि सर्न गयो । हामीले यसलाई मौकाको रुपमा लिएका छौं ।’

बकर इदकाे उपलक्ष्यमा खसी किनेर ट्याक्सीमा लाँदै भारतका एक इश्लाम धर्मावलम्बी ।
त्यहाँ रहेका नेपाली मुसलमानहरु भने सोमबार बिहानैदेखि मस्जिद प्रार्थना गर्न पुगे । ‘सबै गाँउका साथीभाइ एक आपसमा भेला भयौं । मिलेर आफूलाई पायक पर्ने मस्जिदमा गएर प्रार्थना गर्न पुग्यौं,’ मोहम्मद इशा अलीले भने, ‘परिवारसँग इद मनाउँदा एकखालको रमाइलो त हुने थियो । यहाँ विभिन्न देशका साथीहरुसँग मनाउन पाउँदा बेग्लै आनन्द छ ।’
धनुषाका जाकिर हुसैन आफ्ना गाउलेहरुसँग खुसी सटासाट गर्न कार्यक्रम राखेको बताउँछन् । ‘कतारमा जति इष्टमित्र छन् । उनीहरुलाई बाख्रा खुवाउने योजना छ,’ उनले भने ।
यो लामो बिदामा वर्षभरी भेट्न मुस्किल पर्ने साथीलाई भेट्ने मौका पनि हो । तरबार गेट, बसपार्क, साहनियाँदेखि बारुवा भिजेलको ग्राण्ड मलसम्मका स्थानहरुमा पाइला राख्ने ठाँउ हुन्न यतिबेला ।
‘वर्षमा ३ दिन इद उल फितर, ३ दिन इद उल अदा र एक दिन कतारको राष्ट्रिय दिवस (डिसेम्बर १८)मा बिदा हुन्छ । गएको इदमा कसैलाई भेट्न पाइँन,’ स्याङजाका अब्दुल करिमले भने, ‘योपटक आफन्तहरुलाई भेट्ने योजना छ ।’
‘बिदाको मौकामा धेरै संघसस्थाले मनोरञ्जनात्मक कार्यक्रम राखेका पनि छन्,’ लम्जुङ सेवा समाजका महासचिव सिताराम थापाले भने, ‘नेपालबाट ख्यातीप्राप्त कलाकारहरु ल्याएको छौं । लम्जुङबाट कतार आएकालाई बोलाएका छौं ।’
सनैया, अल्खोर र साहनियाँमा फुटबल प्रतियोगिताको कार्यक्रम पनि राखिएको छ । ‘नेपाली कामदार साथीहरुलाई मनोञ्जन दिलाउन ठूलो फुटबल प्रतियोगिता गर्दछौं । त्यसको उपहार नै खसी नै राखेका छौं,’ अल्खोर, कतारबाट वीरेन्द्र याक्थुम्बाले भनिरहेका थिए, ‘यसले नेपालकै झल्को मेटाइदिन्छ ।’
http://bit.ly/2cPFka9

Comments
Post a Comment