कास्की जिल्लाको उत्तर पूर्वी थुम्की गाविस वडा नम्बर-३ फल्याङकोटमा वि.सं. २०३२ साल कात्तिक ७ गते जन्मिएर स्कुल अवस्थाबाट नै नेपाली कांग्रेस निकट रहेर समाजका बिकृती र विसङ्गतीका बिरुद्धमा आवाज उठाउँदै आएका जीवन परियार २०४६ जनआन्दोलन सँगै सक्रिय राजनीतिमा होमिएर हुन्। गत संविधान सभाको चुनाबपछि संविधान सभा र परिवर्तित संसदका समेत सांसद् रहेका परियार हालै सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा बिजयी भएका छन्। समाज र जनताका समस्यामा सँधै जुध्न चाहने नेपाली कांग्रेका केन्द्रीय सदस्य तथा सांसद् जीवन परियारसँग डिसी नेपाल डटकमले गरेको कुराकानी :
१) २०७० सालको दोश्रो संविधानसभाको चुनावपछि आफ्नो क्षेत्र अथवा जिल्ला कति पटक पुग्नुभयो ?
म दर्जनौँ पटक पुगेको छु । जिल्ला र क्षेत्रमा पनि । क्षेत्रको पनि मलाई सम्झना छ । संविधानसभाको सदस्य भइसकेपछि त्यही क्षेत्रका प्रत्यक्ष निर्वाजित सांसद् यज्ञबहादुर थापा र म सबै क्षेत्र र जिल्लामा पुग्यौँ । त्यहाँ पुगेर हामीले त्यहाँका जनतासँग उहाँहरुका माग पुरा गराउन लागि पर्नेछौँ भनेर वाचा गरेका छौँ। यहाँहरुलाई पनि थाहा होला भूकम्प गइसकेपछि पनि हामी त्यहाँका प्रत्येक गाविसका घरघरमा पुगेर सक्दो सहयोग गर्यौँ । अहिले पनि हामीले त्यहाँका समस्याको जानकारी लिने गरेका छौँ। विकास निर्माणका काम देखि लिएर जनताको सुख दु:खमा पटक पटक पुगेका छौँ।
२) चुनावका बेला तपाईले र तपाईको पार्टीले जनताको बीचमा गरेका प्रतिवद्धता पुरा भएका छन् त ?
पहिलो कुरा त संविधानसभामा भएका धेरै कुरा त हामीले भनेनौँ । मात्रै के भन्यौँ भने नेपाली काँग्रेस पार्टी सबै भन्दा ठूलो दल बन्न सक्यो भने र काँग्रेसको नेतृत्वमा सरकार बन्यो भने पहिलो कुरा त हामीले जनतालाई संविधान दिन्छौँ भन्ने बचनवद्धता पूरा पनि भयो। विगतको संविधानसभामा काँग्रेस पार्टी अत्यन्तै कमजोर थियो।

Comments
Post a Comment