श्रीमतीको हत्या गर्नेलाई जन्मकैद

सन्धिखर्कः श्रीमतीको हत्याका अभियुक्तलाई अर्घाखाँची जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । 

अर्घाखाँची खन गाविसका श्यामबहादुर विकलाई न्यायाधीश केशवप्रसाद बास्तोलाको एकल इजलासले शुक्रबार जन्मकैदको फैसला गरेको हो । 

 श्यामबहादुरले श्रीमती राधिकाको हत्या गरेको ठहर गर्दै ज्यान सम्बन्धि महल अनुसार उनलाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिए । 

श्यामबहादुरलाई शुक्रबार नै कारागार चलान गरिएको छ ।
श्रीमतीको हत्या गर्नेलाई जन्मकैद

Comments