भाद्र ३१, २०७३- भारतले मधेसवादी दलहरुको माग नेपालको आन्तरिक मामिला भएको र आफूहरुको कुनै प्रेस्क्रिप्सन नभएको बताएको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजना भएको नियमित पत्रकार सम्मलेनलमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको बताए ।
साथै उनले प्रधानमन्त्री दाहालको भ्रमणको नेपालको नयाँ सरकारको प्राथमिकता बुझ्ने अवसर भएको बताए ।
“दाहालको भ्रमणबाट नयाँ सरकारको विकासको फोकस के हो, कसरी अगाडी जाने हो भन्ने अवसर प्राप्त हुन्छ,” स्वरुपले भने । उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बीचमा व्यापक कुराकानी हुने समेत बताए ।
Comments
Post a Comment