भाद्र २९, २०७३- वाइवाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) का सबै खेल कान्तिपुर गोल्डले प्रत्यक्ष्य प्रसारण गर्ने भएको छ।
प्रतियोगिता जोहरा स्पोट्र्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको हो। असोज ८ देखि सुरु हुने प्रतियोगिताको फाइनल असोज १५ मा हुनेछ। राउन्ड रोबिनको आधारमा हुन लागेको प्रतियोगितामा फाइनलसहित कुल १५ खेल हुनेछन्। सबै खेल टीयू मैदानमा हुनेछन्।
आयोजक जोहराले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको प्रत्यक्ष्य प्रसारणले खेलाडीदेखि लिएर प्रायोजक सबैलाई फाइदा पुग्ने बताएको छ।
प्रकाशित: भाद्र २९, २०७३
Comments
Post a Comment