रौतहटमा बाढी आएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, हजाराैं यात्रु अलपत्र

रौतहटः पूर्वपश्चिम पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर बागमती सडकखण्डको पौराइ जंगलमा रहेको दुईवटा लच्कामा बाढी आएपछि गएरातिदेखि नै सवारी साधन रोकिएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुबाहक बस फस्दा यात्रुहरु जोखिममा परेका छन्। बसको आधा भाग बाढीले डुवाएको छ बसका यात्रुहरु करिब एक घण्टादेखि बाढीमा फसिरहेका छन्। बसका यात्रुहरुले हातले इसारा गरेर उद्धारका आग्रह गरिहेका छन्। चन्द्रनिगाहपुरदेखि पूर्वमा रहेको पहिलो लच्कामा बाढी आएकाले बस फसेकाले अर्को लच्कामा जान उद्धार टोली पुग्न समस्या छ।
rautahat-2_2
उद्धार टोली यात्रुसहितको बस फसेको ठाउँमा पुग्न सकेको छैन। बसमा ३० जना भन्दा बढी यात्रुहरु छन्। उनीहरु बसको सिटमा उभिएर उद्धारका लागि हातले इशारा गरिरहेको देखिएको थियो। बाढीले राजमार्ग बन्द हुँदा पाँच सयभन्दा बढी गाडीहरु रोकिएका छन्। जंगल भएका कारण सञ्चार सम्पर्क नभएकाले हजारौं यात्रुहरु थप समस्यामा छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक वीरेन्द्र पासवानको टोली बस पसेको ठाउँमा पुगेपनि उद्धार सामाग्री नहुँदा उद्धारमा ढिलाइ भइरहेको छ। पानी परिरहेकाले राजमार्गमा बाढी घटेको छैन। रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले उद्धार सामाग्रीसहित टोली पठाएको जानकारी दिए। हजारौं यात्रुहरु जंगलमा भोकभोकै बस्न बाध्य छन्।

Comments