भाद्र २३, २०७३- इन्द्रजात्रा सुरु हुनै लागेको छ। विधिपूर्वक पूजा गरी इन्द्रध्वजा राख्न चाहिने लिंगो काट्ने काम सकिएको छ। लिंगो काट्नेदेखि इन्द्रजात्रा सकिने बेलासम्म गुठी संस्थानले दिने नगद कति होला? गुठी संस्थानको रेकर्डअनुसार १२ रुपैयाँ २९ पैसा इन्द्रजात्रा व्यवस्थापन समितिको नाममा जाने गर्छ। ‘जिन्सी सामानसँगै १२ रुपैयाँ पनि लिन्छौं,’ इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्य भन्छन्।
१२ रुपैयाँलाई तीन भागमा बाँडिएको छ। इन्द्रजात्राको साइत हेर्न १ रुपैयाँ २४ पैसा, लिंगो काट्न ४ रुपैयाँ १० पैसा र भदौ २८ देखि असोज ४ सम्मका लागि ८ रुपैयाँ ८५ पैसा छुट्याएको गुठी संस्थानको रेकर्डमा छ। यो रकम लिंगो गुठीबाट जाने रेकर्डमा उल्लेख छ।
मल्ल वंशका अन्तिम राजा जयप्रकाश मल्लका पालामा इन्द्रजात्रामा धेरै थिति बसालिएको थियो। कुमारीको रथ तान्ने चलन उनैले बसाले।
कुमारी पूजाको चलन पनि उनकै पालामा बसेको हो। कुमारी घरको सुसारेदेखि पुजारीसम्मको व्यवस्था उनकै पालामा भयो। गुठीका एक कर्मचारीका अनुसार कतिपय त्यही बेलाको थिति परिवर्तन भएको छैन। त्यही बेला सिर्जना भएका कतिपय दरबन्दी अझै चलाइएको छैन।
यो रकम बढाउन माग गरिरहे पनि सुनुवाइ नभएको शाक्य बताउँछन्। २ वर्षअघि इन्द्रजात्राको अवसरमा संस्थानका तत्कालीन अध्यक्ष पञ्चलाल महर्जन आएका थिए। पुजारी लगायतको रकम बढाइदिन गुठी मंक खलले आग्रह गर्यो। त्यसको जवाफमा महर्जनले मंक खलको माग जायज रहेको भन्दै ‘आफूले शत प्रतिशत खर्च बढाइदिने’ आश्वसन दिए दिए। ‘१२ रुपैयाँको शत प्रतिशत कति नै हुन्छ र? शाक्य भन्छन्, ‘बढाउँदा पनि २४ रुपैयाँ मात्रै हुने भयो। यस्तो काइते कुरा गरेपछि के लाग्यो र?’
पूजा गर्न लाग्ने सामान भने संस्थानले उपलब्ध गराउँछ। सबै पूजाका लागि झन्डै १४ लाख रुपैयाँ खर्च हुने गुठी संस्थान काठमाडौं शाखा प्रमुख प्रसाद जोशीले बताए। ‘इन्द्रजात्रामा नुनदेखि सुनसम्म उपलब्ध गराउँदै आएका छौं,’ जोशी भन्छन्, ‘कतिपय दरबन्दी जिन्सी दरबन्दी पहिला जस्तो थियो, अहिले पनि त्यस्तै छ।’
‘कुहिएका पूजा सामान’
उपलब्ध गराइने पूजाका सामान पनि कमजोर गुणस्तरका हुने कर्णेलचोकस्थित भगवती मन्दिरका पुजारी बैकुण्ठमान राज नवट गुनासो गर्छन्। नवटका अनुसार पूजा गर्न ४५ धार्नी ४ पाउ मासु चाहिन्छ। ‘मासु पनि कमजोर गुणस्तरको किन्न मिल्ने भए मासु नै दिन्थ्यो। कमजोर किन्न नमिल्ने भएकाले पैसा दिन्छ। बजारभाउभन्दा निकै कम दिन्छ,’ उनी भन्छन्, ‘मासु किन्न १२० रुपैयाँ दिइन्छ, जबकि मासुको बजार भाउ प्रतिकिलो ७ सय रुपैयाँ छ।’
अरू पूजाका सामानचाहिँ बिग्रिएको र कुहिएको दिने गरेको उनले गुनासो गरे। संस्थानले पूजाको सामान ठेकेदारमार्फत उपलब्ध गराउँदै आएको छ। पूजा ८ दिनसम्म चल्छ। त्यसका लागि पहिलो दिनका लागि १ मुरी १९ पाथी स्याबजी चाहिन्छ। दोस्रो दिन १ मुरी चौध पाथी, तेस्रो दिन १ मुरी १२ पाथी, चौथो दिन १ मुरी ११ पाथी स्याबजी चाहिन्छ। २ पाथी गेडा मास, २ पाथी केराउ, ४ पाथी गहुँ, ३२ धार्नी रोटी, २ पाथी रक्सी, थुप्रै जाँड, कालो भटमास ८ पाथी चाहिन्छ। ‘यो सबै कुहिएको दिइन्छ,’ नवट भन्छन्, ‘भक्तजन कुहिएको दियो भने रिसाउँछन्।’
पुजारीका लागि १८ लिटर भुटेको तेल चाहिन्छ। भुटेको तेल भनेर सोयाबिन तेल दिने गरिएको उनी गुनासो गर्छन्। शुद्ध घिउ चाहिनेमा पनि सोयाबिन दिने गरिएको उनले गुनासो गरे। ‘धर्मको नाममा भ्रष्टाचार भयो,’ उनी भन्छन्, ‘धर्म, संस्कृति र परम्परा जोगाउन भनेर गठन भएको गुठी संस्थानले हाम्रो धार्मिक भावनामा निरन्तर प्रहार गर्दै आएको छ।’
गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी राम्रो गुणस्तरको सामान दिनकै लागि बोलपत्र आहान गरिएको बताउँछन्। ‘ठेकेदारले नराम्रो सामान दियो भने उहाँहरू सजग हुनुपर्यो,’ चौधरी भन्छन्, ‘हामीले नराम्रो सामान देऊ भनेको होइन।’ पुजारीको तलब समेत नगण्य हुने गरेको गुनासो छ। यहाँका सबै मठ मन्दिरमा दिनहुँ नित्य पूजा गर्नुपर्छ। यसबापत गुठीले वर्षभरिमा जम्मा १५ हजार रुपैयाँ मात्रै बढाउँछ।
‘दिनहुँ मन्दिर रुंग्नु पर्छ,’ उनी भन्छन्, ‘वर्षमा १५ हजारले के गर्नु? कसलाई भन्नु? कहाँ जानु गुनासो गर्न? कति गुनासो गर्नु?’ प्रमुख प्रशासक चौधरी भने आफू प्रशासक भएपछि नगद बढाउने लगायत काम गरेको बताउँछन्। ‘कमी भयो भनेर गुनासो आएको ठाउँमा मैले सकेसम्म बढाएको छु,’ उनी भन्छन्। धार्मिक, परोपकारी र सांस्कृतिक कार्य सञ्चालन गर्न स्थापना भएको हो गुठी संस्थान। पर्वपूजा, जात्रा मात्रै होइन यसले गुठी जग्गाको रेखदेखको जिम्मेवारी पनि पाएको छ।
गुठी संस्थान काठमाडौंका प्रमुख हरिप्रसाद जोशीका अनुसार इन्द्रजात्रा, सेतो मत्स्येन्द्रनाथको जात्रा, साँखु, दक्षिणकाली, कीर्तिपुरको जात्रा लगायत अदृश्य सम्पदाको पूजा खर्च गुठीले बेहोर्दै आएको छ। यही संस्थानको स्थापना भएपछि जात्रा पर्व मनाउन अभिसाप सुरु भएको शाक्य बताउँछन्। पहिला मन्दिरको नाममा गुठी छँदा जात्रा पर्व मनाउन दु:ख थिएन।
इन्द्रजात्रा व्यवस्थापन समितिमा ३६ वटा खल गुठी संलग्न छन्। हरेक गुठीले आफ्नो क्षेत्रका मठ मन्दिरमा जात्रा चलाउँछन्। कुमारी, गणेश, भैरवको रथ यात्रा एउटा गुठीले चलाउँछ। लाखे आजु अर्काे खलले चलाउँछ। हलचोक आकाश भैरव, हनुमानढोकाको श्वेत भैरव, अशोक विनायक, दशअवतार नाच, स्वच्छन्द भैरव, पुलुकिशी नाच लगायत सञ्चालन छुट्टाछुट्टै गुठीले गर्छन्।
गुठी संस्थान स्थापना हुनुपहिला यी सबै मठ–मन्दिरका नाममा जग्गा थिए। यही जग्गाबाट पाइने आयस्ताले पुजारीलाई तलब, दक्षिणा, पूजा खर्च लगायत चलेको थियो। गुठी संस्थानले ती जग्गा लिएर त्यसबाट हुने आम्दानीको साटो पूजा खर्च तथा जात्रा व्यवस्थापन खर्च दिन थाल्यो। ‘त्यतिबेला दिने खर्च राम्रो थियो,’ शाक्य भन्छन्, ‘त्यही भएर हाम्रा बाउबाजे मक्ख परे। मन्दिरका जग्गा संस्थानले कब्जा गर्दा पनि विरोध जनाएनन्। अहिले सबै महँगियो। त्यति बेला बेहोरेकोभन्दा खर्च बढाएन। अहिले सबै पर्व चलाउन मुस्किल भयो।’
गुठी जग्गा रैकर भएपछि गुठीले त्यो जग्गाको मालपोत लिने गरेको र आम्दानी घटेको चौधरी बताउँछन्। ‘गुठीकै आम्दानी छैन,’ चौधरी भन्छन्, ‘मन्दिरको आम्दानी हामी लिन पाउँदैनौं। पशुपतिमा बर्सेनि खर्च गर्छाैं तर त्यो मन्दिरमा भएको आम्दानी हामी लिन पाउँदैनौं। अरू मन्दिरको हकमा पनि यस्तै हुन्छ। सरकारले दिँदैन। हाम्रो आम्दानीको स्रोत भनेको त्यही मालपोतबाट उठेको रकम मात्रै हो।’
वसन्तपुर क्षेत्रका विभिन्न मठ(मन्दिरमा जात्रा लाग्छ इन्द्रजात्राको अवसरमा। यी सबैजसो मठमन्दिरको नाममा गुठी जग्गा थिए। यहाँका जग्गा संस्थानले रैकर गरिदियो। श्वेतभैरवको नाममा १ सय ६ रोपनी जग्गा थियो। नैकापमा रहेको त्यो जग्गामा अहिले एउटा जुस फ्याक्ट्री सञ्चालन भइरहेको छ।
‘कैयौं ठाउँका जग्गा गुठीले भाडामा दिएर आम्दानी खाइरहेको छ,’ शाक्य भन्छन्, ‘जसको जग्गा हो उसले भोगचलन गर्न पाएको छैन। हामीलाई जात्रा पर्व सञ्चालन गर्न मुस्किल भएको छ।’ श्वेतभैरवीको नाममा जग्गाको लालमोहर अझै भएको उनी बताउँछन्।
‘जग्गा हडपिए, जात्रा चलाउन कठिन’
कुमारीको नाममा १ सय ८० रोपनी जग्गा भएको लालमोहर छ अझै। तर ती जग्गा कसरी हडपिए भन्ने अझै पत्तो नभएको वसन्तपुरकी जीवित देवी कुमारीका बुबा प्रतापमान शाक्य बताउँछन्। शाक्यका अनुसार दशरथ रंगशाला छेउको जमिन, वायुसेवा निगमको कार्यालय भएको जग्गा कुमारीको नामको हो। कुमारीले सैनिक मञ्चमा हुने घोडेजात्रा अवलोकन गर्ने पाटी थियो यहाँ। यो भवनको एउटा कोठा कुमारीको लागि छुट्याइएको छ।
यही भवनमा बसेर जीवित देवी कुमारी घोडेजात्रा अवलोकन गर्छिन्। कँडेल चोकको ३ सय ७२ रोपनी जग्गा पनि कहाँ छ भन्ने पत्तो नभएको बैकुण्ठ बताउँछन्। ‘गुठीमा सोध्दा थाहा छैन भन्छन्,’ उनी भन्छन्, ‘कँडेल चोकको मात्रै यति जग्गा छ भने अरू मन्दिरको त कति छन् कति।’
जग्गा हडपिएपछि जात्रा सञ्चालन गर्न कठिन हुँदै आएको शाक्य बताउँछन्। २०५८ सालमा हनुमान ढोकामा महानगरले हेरचाह कार्यालय राख्यो। त्यसयता हरेक वर्ष ७ लाख रुपैयाँ दिन थाल्यो। त्यसले जात्रा केही सहज भयो। गत वर्ष संस्कृति मन्त्रालयले १२ लाख रुपैयाँ दियो। यतिले पनि नपुग्ने भएकाले जात्रा सञ्चालन गर्न ५ करोड रुपैयाँको अक्षय कोष खडा गरिदिन मंक खलले तत्कालीन राष्ट्रपति रामवरण यादवसमक्ष माग राख्यो। यो माग अझै पूरा भएको छैन।
सरकारी सहयोग अपुग हुँदा गुठीयारले मिलेर जात्रा सञ्चालन गरेको शाक्य बताउँछन्। ‘जात्रा जसरी पनि सञ्चालन गर्नैपर्छ भन्ने संस्कार छ नेवार जातिको,’ शाक्य भन्छन्, ‘आफैं बेहोरेर जात्रा सञ्चालन गर्छाैं।’ वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरेर इन्द्रजाात्रा मनाइन्छ। पूर्णिमा (२८ गते) को बिहान ९:३० को साइतमा लिंगो उठाएपछि इन्द्रजात्रा विधिवत् सुरु हुन्छ।

प्रकाशित: भाद्र २३, २०७३
Comments
Post a Comment