काठमाडौँ, २१ भदौ । नेपाल सद्भावना पार्टी युनाइटेटका वरिष्ठ नेता एवंम् पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पुन: पक्राउ परेका छन् ।
गुप्तालाई महानगरीय प्रहरी परिसर ललितपुरले सोमबार ताल्चिखेलस्थित उनकै निवासबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ललीतपुरका प्रहरी नायब उपरीक्षक इश्वर कार्कीका अनुसार गुप्तालाई प्रहरी हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ ।
ललितपुरका एक उद्यमीसँग गुप्ताले रु ५० लाख रकम माग गरेको र नदिएमा अपहरण गर्ने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पूर्वमन्त्री गुप्ता अपहरणकै मुद्दामा लामो समय जेल सजाय भोगेर केही समय अघि रिहा भएका थिए ।
Comments
Post a Comment