शनिबार राति भएको खेलमा लिभरपुलले लिसेस्टरमाथि ४-१ गोलको सहज जित हात पारेको हो ।
घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले १३ औं मिनेटमा फिर्मिनोको गोलबाट अग्रता लिएको थियो । ३१ औं मानेले गोल गरे । ३८ औं मिनेटमा भर्डीले गोल गरेपछि पहिलो हाफ २-१ मा रहृयो ।
दोस्रो हाफमा पनि लिभरपुल नै हावी भयो । ५६ औं मिनेटमा लालानाले गोल गरे भने ८९ औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले डिफेण्डिङ च्याम्पियनलाई सजिलै हराएको छ ।
जर्गेन क्लोपको लिभरपुलले चार खेलबाट ७ अंक बटुलेको छ भने लिसेस्टरको मात्र ४ अंक छ ।
Comments
Post a Comment