भाद्र २५, २०७३- गएको साता तीजका फोटोहरु नै कान्तिपुर र कान्तिपुर अनलाइनमा हावी भए । हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको सन्दर्भमा त्यससँग सम्बन्धित तस्बिरहरु छापिए । कान्तिपुरका फोटो पत्रकारले खिचेका गत साताका उत्कृष्ट तस्बिरमा हरितालिका तीज, ऋषिपञ्चमीदेखि बलिउड अभिनेता एवं सांसद शत्रुघ्न सिन्हाको नेपाल आगमनसम्म परेका छन् । हेरौं कान्तिपुरले छनोट गरेका सात तस्बिर–
हिन्दु महिलाहरुको महान चाड तीजको उपलक्ष्यमा पशुपति मन्दिरमा नाचगानमा रमाउँदै । तस्बिर: प्रताप थापा
ईन्द्रजात्राको अवसरमा काठमाडौंको हनुमान ढोकामा ठड्याइने यसिंग(लिङ) लाई सोमबार भोटाहिटीतर्फ लगिदै । तस्बिर: हेमन्त श्रेष्ठ
पशुपतिनाथ मन्दिरमा मंगलबार ऋषिपञ्चमीको पूजा गर्दै हिन्दू महिला । तीजको अन्तिम दिन हिन्दू नारीहरुले स्नानअघि ३ सय ६५ दत्तिवनले दाँत माझ्ने तथा चोखो माटो, तील र गोबर लगाएर स्नान गर्ने प्रचलन छ । ऋषि पञ्चमीसँगै तीज समापन हुन्छ । तस्बिर: अंगद ढकाल
राजधानीको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनरत एक शारिरीक अपांगता भएका विद्यार्थीलाई बिहीबार ह्विलचेयरमा जान सघाँदै एक बटुवा । तस्बिर: सुरविन्द्रकुमार पुन
काठमाडौंमा मंगलबार आएका बलिउड अभिनेता एवं सांसद शत्रुघ्न सिन्हा त्रिभूवन अन्र्राष्ट्रिय विमानस्थलमा । उनी एलजी फिल्म अवार्ड– २०१६ मा भाग लिन काठमाडौं आएका हुन् । तस्बिर: अंगद ढकाल
राजधानीको भद्रकालीमा बिहीबार मोटरसाइकल दुर्घटना भएपछि मोटरसाइकल चालकलाई सम्हाल्दै ट्राफिक प्रहरी र पैदलयात्री । बा.९प९८१२ नम्बरको मोटरसाइकलले जेब्रा क्रसिङ भएर सडक पार गर्दै गरेकी एक महिलालाई ठक्कर दिएको हो । तस्बिर: सुरविन्द्रकुमार पुन
भक्तपुरको अनन्तलिंगेश्वर– ८ स्थित सिरुटारका ललितजङ्ग थापाको घरमा जन्मिएको चितुवाको बच्चा । भूकम्पले माथिल्लो तल्ला भत्काएपछि खाली रहेको घरमा एक साताअघि आएको चितुवाले तीनवटा बच्चा जन्माएको हो । गाउँभित्रै पसेर चितुवाले बच्चा जन्माउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । तस्बिर: अंगद ढकाल
http://bit.ly/2c8jNgP
Comments
Post a Comment